आदिकवि भानुभक्त आचार्यः न्यायिक अभ्यासका आदिवकिल पनि ?

आदर्श समाज सम्वाददाता
असार २९, २०७०

हरेक आषाढ २९ गते भानुभक्त आचार्यको सम्झना गरिन्छ। स्वदेशमा गरिन्छ। विदेशमा पनि गरिन्छ। विशेषतः जहाँ नेपाली भाषाभाषी छन् त्यहाँ त्यहाँ गरिन्छ। आदि भन्ने शब्दले पुरानो वा पहिलो भन्ने अर्थ  दिन्छ।  भानुभक्तलाई आदिकवि भन्नुको अर्थ र मान्यता हो पहिलो कवि। भनिन्छ वि.सं. १९४८ मा मोतिराम भट्टले सर्वप्रथम उनलाई आदिकवि भनेर सम्बोधन गरेका हुन्। पछि श्री ३ राणाबाट आदिकवि उपाधि स्वीकृत भएको हो -घटराज भट्राईः प्रतिभै प्रतिभा र नेपाली साहित्य)।

उनले कोरेका हालसम्म सड्ढलित र प्रकाशित अक्षरहरूले प्रमाणित गरिरहेका छन् उनलाई आदिकवि भनेर। उनको सिर्जनशील उचाइ र बोधगम्यतालाई आधार मानेर भन्ने हो भने त्यतिबेलासम्म त्यसरी कविता भन्ने र लेख्ने अरु जन्मेनन्। यसमा न त सन्देह छ, न त कसैको दाबी पनि। बोल्दा काव्यशैलीलाई पक्डेर बोल्दथे। लेख्दथे। बोल्यो कि कविता आयो जस्तो। आफ्नो परिचिय नै कवितामा दिन्थे। मुद्दा मामिलाको सम्बन्धमा निवेदन नै कवितामा लेख्दथे उनी। हेरौं परिचयात्मक उनका काव्यात्मक केही शब्दहरू :

पहाडको अतिवेश देश तनहूंमा श्रीकृष्ण ब्राÞमण थिया

खुब उच्चानुकुल आर्यबंशी हुन गै सर्त्कर्ममा मन दिया

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया

तिन्को नाती म भानुभक्त भनि हूं यो जानी चिन्ही लिया।

२० वर्षको उमेरमा वि.सं. १८९१ मा पहिलो रचना लेख्न आरम्भ गरेर वि.सं. १९२५ मा रामगीता लेखेपछि प्रकृतिले स्नेह गर्न छोडेपछि कलम बन्द गर्न बाध्य भए उनी। यसबीचमा वालकाण्ड, रामायण, प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा, फुटकर कविताहरू र रामगीता उनका प्रकाशित मुख्य कृतिहरू हुन्। यस आलेखमा भानुभक्तको साहित्यिक योगदानको चर्चा गर्न र उनको ऐतिहासिक महत्त्वको बारेमा विशेष वर्णन गर्न खोजिएको हैन। न यो कलममा त्यो हद्सम्मको गहिराइ छाप्ने ल्याकत नै छ। पेशाले न्यायकर्मी र आचार्यले न्यायधर्मी हुनुको नाताले कानुन र न्यायको फाँटका लागि उनको अभ्यास, सिर्जना र साधनाको सम्झना गरेर उनीप्रति श्रद्धाभाव राख्नु मात्र यस आलेखको केन्द्रीय उद्देश्य हो।

नेपाली भाषामा कानुनी साहित्यको स्थान कहाँ छ र कसरी रहेको छ ? यो अलग्गै अध्ययन र चर्चाको विषय हो। कानुनी साहित्यका सर्जकहरूले नेपाली भाषाको उत्थानमा के कति र कस्तो भूमिका निर्वाह गरेका छन् ? अविरल बहेको नेपाली साहित्यरूपी गंगामा कानुनी साहित्यका झरनाहरू कसरी मिसिएका छन् वा कसरी रहेका छन् ? यी अलग अलग अध्ययन, चिन्तन र लेखनका विषयहरू हुन। मुलुकले भानुभक्त आचार्यको दुर्इसयौं शतवाषिर्की मनाइरहेको आजको घडीमा उनको लेखनीले कानुनी साहित्यको जगमा हालेको शब्दको ढु·ालाई सलाम गर्नुमात्र हो यो आलेखको मर्म। सरसरती हेर्दा उनी आदिकवि मात्र हैनन् आदिवकिल पनि हुन् भन्ने देखिन्छन्। हेरौं उनका कानुनी सर्न्दर्भका केही रचना र केही व्यवहारहरूलाई।

भानुभक्त उपाध्यायको खेत कालु जैसीले भोगवन्धकी खाँदा वि.सं १९१७ शुदी २ रोज ५ मा लेखिएको भोगवन्धकी लिखतका लेखक (वकिल) भानुभक्त आचार्य थिए। यो नै उनको तत्कालको कानुन व्यवसायको एउटा प्रमाण बनेर बसेको छ। वि.सं १९०७ देखि १९०९ सम्म जागिर खाए तर तहबील मासेको आरोपमा बर्खास्ती पाए। कुमारीचौकको जेलको हावा पनि खाए। उनीमाथि तहबील मासेको आरोप ठीक थियो वा थिएन – यसको विश्लेषण गर्ने साहित्यको पाटो हैन, न्यायको पाटो हो। उनी करिब ५ महिना जेलमा परे। तर जेलको कोठरीलाई नै सिर्जनाको थलो बनाइदिए। कमाण्डर इन्चिफ कृष्णबहादुरलाई लेखेर दिएको कविताको अंशलाई हेरौं :

रोज् रोज् दर्शन पाउंछु चरणको ताप छैन मनमा कछु

रात्भ नाँच पनि हेर्र्छर्खर्च नगरी ठूला चयनमा म छु

लामखुट्टेहरू उपीयाँ उडुस छन् सँगै यीन कै लहडमा बसी

लामखुट्टेहरू गाउँछन् ती उपिंया नाँच्छन् म हेर्र्छर्बसी।

गिरिधारी भाटसँगको जग्गा मुद्दामा आफ्नो व्यहोरा (प्रतिउत्तर) कवितामै लेखे। हेरौ केही अंशलाई :

साँचा हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी

यी कुरा त अइन सवाल रितले श्रेस्ता प्रमाणले गरी

यस भन्दा अरु पत्र पात्र पनि छन् भोगछन् दशी छन सही

स्रोता साछी कुरा कहानी पनि छन् मेरा सनद छन् कंही।

गिरिधारीसँगको उक्त मुद्दामा सर्जमिन डोरका सामु लेखिदिएको कविताको यस अंशले उनको तत्क्षण कविता लेख्ने क्षमतालाई थप प्रमाणित गर्दछ।

ख्वामित यस गिरिधारीले अति पिर्यो ब्यर्थै गर्यो झेलपनि

यस्का झेल उतार्नलाई सजिलो यही हो व्यहोरा पनि

अर्ज्याल भाट ढकाल अचार्ज जम्मा भइ सब बस्यौं

मिल्यो मत सब मोहीको र मतले बाँध लाउनमा पस्यौ

उस मौका गिरिधारी भाट यहीपनि मत सल्लाहमा थियो

भर यस्को नभएर मात्रै एैले यस्तो उजुर पो दियो

लुच्चा हुन यसभाटका कुरा सबै आफै कुला मुनि कै

खेतैलाई त टापू भन्दछ भने यस भाटको क्या सही।

मुद्दा जितेर मृत्यु टर्दैन। झन ढिलो न्याय हुँदा त धन आर्जन पनि हुँदैन। उनको ठम्याइ थियो। हेरौं यी शब्दहरूलाई :

न मृत्यु टर्न्या हो यसरी झगडामा अघि सरि

न कोहीन को मालिक हुनुछ घरमा दौलत भरी

बिहकमा दिन जान्छन् तब मन बुझाउं म कसरी

कृपा राखी ख्वामित अब छिनिदिनोस हुन्छ जसरी।

ढिलो न्याय अन्यायसरह हो। अझ नातावाद क्रिपावाद, भ्रष्टाचारले न्याय बिगारेमा त झनै बित्यास। अन्याय र ढिला सुस्तीका आधारहरू भनेका पनि यिनै हुन्। आज पनि यसरी भन्ने गरिन्छ तर भानुभक्त आचार्यलाई त्यसै बखत यसको चेतना थियो। अहिलेका रकमी र उहिलेका रकमीको शैली एउटै हुँदो रहेछ। घूसका आशले ढिलो गर्नेहरू त्यसबखत पनि उस्तै रहेछन्। कानुनले लिनखान हुने रकम कलमबाहेक अरु लिन खान खोज्ने र मौका पाए जिन्सी पनि रोज्नेहरूको निरीहता त्यतिबेला पनि रहेछ भन्ने सड्ढेत गर्दछन् तलका पँक्तिहरूलेः

बिन्ती डिठ्ठा बिचारीसित म कति गरुँ, चूप रहन्छन् नबोली

बोल्छन् त ख्याल गर्या झै अनिपछि दिन दिन भन्दछन् भोलिभोलि

कीता सक्दिन भन्नु कीता छिनीदिनु क्यान भन्छन् भोलिभोलि

भोलि भोलि हुँदा सब घर बितियो, बक्सियोस आज झोलि।

कानुनी लिखत लेखे। कवितात्मक शैलीमै प्रतिउत्तर लेखे। त्यतिमात्र हैन अदालतमा दिने निवेदन पनि उनले कवितामा नै लेखेको पाइन्छ। पोखरा अदालतमा अरुकै मुद्दामा साक्षी बकपत्र गर्न जानुपर्ने तर विरामी परे के गर्ने उनले कविता लेखेर पठाएपछि बकपत्र गर्ने मौका पाउँ भन्ने व्यहोराको निवेदनको रूपमा।

स्वस्ती श्री पोखरा अदालत महा, डिठ्ठा बिचारीहरू

पाउमा परी विन्ती गर्छर्ऐले बिरामी छु म क्या गरुँ

मेरो म्याद रहोस सकिन ऐले आउन यो म्यादमा

गर्न्याछू बकपत्र यही मितिले एक मासका भित्रमा।

सच्चा साहित्यकार अन्यायको पक्षमा कहिले लाग्दैन। अध्यारो चिर्नका लागि लेख्छ। अन्यायको विरोध गर्दै न्यायको दीप जलाइरहन लेख्दछ। भानुभक्त उज्याला मान्छे हुन्। स्मरणीय र श्रद्धायोग्य स्रष्टा हुन्।

भानुभक्तको जीवनको अँध्यारो पक्ष भनेको तहबील मासेको आरोपमा जेल पर्नु हो। यसको राम्ररी छिनोफानो हुन सकेन सायद। नमासेपनि मासेको आरोप लाग्यो कि – यो गतिलोसँग सार्वजनिक भएको जानकारी यो लेखकलाई छैन। त्यस्तै गिरिधारी सोहृ्रै आना बेठीक थियो वा भानुभक्त मात्रै ठीक भन्ने शब्दहरूले बोल्नेको पीठो बिकेको देखिएको मात्र पो हो कि ? यो पनि थप अध्ययनको विषय हो। यहाँ अको सवाल उठाउन सकिन्छ कि भानुभक्त आचार्य आदिकविसँगै आदिवकिल पनि हुन कि – निष्पक्ष न्यायको पक्षका बेजोडले कलम चलाउने सच्चा न्यायपे्रमी भनेर उनलाई किन नभन्ने ?

व्यक्तिगत धनसम्पत्ति र भोगविलासरूपी स्वार्थी क्रियाबाट माथि उठेर यश राख्ने काम गर्नुपर्दछ भन्ने उनको सन्देश कम मर्मस्पर्शी छैन। आत्माभिमानी, आँटिलो र प्रष्टवादिता उनको अको विशेषता हो भन्न सकिन्छ। भाषाको उत्थान र विकासका त अभूतपूर्व नायक नै हुन् उनी।

रामभक्ति, बिन्तीपत्र शैली र प्रशस्तीमुखी भनेर उनलाई प्रगतिवादी धारमा जान वा तत्कालीन साहित्यलाई लैजान नसकेको भनेर आलोचना गर्न सकिन्छ। त्यस्तै वधुशिक्षामा नारीप्रति देखाएको भावलाई पनि आजको समयमा राम्रो भन्न सकिने कुरै भएन। माथिल्लो चुँदीलाई रम्घासँग दाजेर हेर्दै नराम्रो भन्ने उनको मूल्याड्ढन पनि समान्यायिक पक्कै हैन। उनका बारेमा छन् धेरै आलोचनाका सर्न्दर्भहरू तर यसलाई समय चेतनाका आधारमा हेरेर मूल्याड्ढन गरिएन भने उनी माथि अन्याय हुने छ।

‘भानुभक्तले कानुनलाई साहित्यको चास्नीमा पकाएर मीठो बनाएअनि साहित्यलाईपनि न्यायको चटनी चटाए’ यसरी मूल्याड्ढन गरेका छन् साहित्यकार एवम् विद्वान अधिवक्ता श्री रविराज भण्डारीले (कानुनी साहित्यको थप जानकारीका लागि हेरांै कानुन द्वैमासिक पत्रिका पूर्ण्ााड्ढ ४१)। साहित्यकार डा. तारानाथ शर्माको मूल्याड्ढन छ ‘प्रतिभावान कानुन व्यवसायी श्रेष्ठ साहित्यकार बन्न सक्दछ र दक्षता, निष्पक्षता, न्यायशीलता एवं समालोचकीय क्षमता नभइ योग्य न्यायाधीश पनि बन्न सक्दैन’। भारतीय न्यायभूमिका न्यायाधीश रामकृष्ण बर्मा (१९७८।२०४३), जो कलकत्ता उच्च न्यायालयको न्यायाधीशसम्म पुगे, उनको जीवनीले उनको मूल्याड्ढनलाई बल प्रदान गर्दछ। नेपाली साहित्यको आकाशका कहिल्यै अस्ताउने ताराका रूपमा रहेका महाकवित लक्ष्मीप्रसाद देवकोटा स्वयं कानुनका स्नातक व्यक्ति थिए। निर्णयकर्ताको मन कालो भए इन्साफ पर्दैन। पीडितको आँशु मह·ो हुन्छ र न्यायरहित समाज अन्धो हुन्छ भन्ने लक्ष्मीप्रसाद देवकोटाको प्रवल धारणा थियो।

महान स्रष्टा हुन धेरै ज्ञान चाहिन्छ जति धेरै ज्ञान उति धेरै कोणका सिर्जनाहरू। यसलाई कस्ले पो अस्वीकार गर्न सक्दछ र ? भाषिक एकतामा मुलुकलाई बाँध्ने महानायक भानुभक्त आचार्यको दुर्इसतवाषिर्कीको सर्न्दर्भमा उनीप्रति यिनै शब्दसुमनद्वारा मेरो अभिनन्दन र श्रद्धा छ। भानु युगौ युग बाँचिरहे। भानु युगौ युग नेपाली साहित्यकाशमा नाचिरहे। तिमी बाँचे मात्र नेपाली भाषा बाँच्ने छ। अर्थात नेपालीभाषा बाँचेसम्म भानुभक्त बाँचिरहनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width