आज मार्च २१ अर्थात् चैत्र महिनाको ७ गते। यस दिनलाई विशेष अर्थका रुपमा पनि लिने गरिन्छ। यस दिनमा दिन र रातको समयावधि बराबर मात्र नभई क्रमशः न जाडो न गर्मी हुन्छ। प्रकृतिमा कुनै पनि दिन एउटै लम्बाइ भएको हुँदैन। क्रमशः दिन घट्ने र बढ्ने भइरहन्छ। घटबढको स्थिति हुँदै जादाँ मार्च २१ मा यस्तो संयोग परेको हुन्छ, जुन दिनमा दिन र रातको समयावधि एउटै हुन्छ, अर्थात् १२ घण्टाको दिन र रात।
ग्रहहरु एकापसमा चलायमान भएका कारण यस्तो परिस्थिति सिर्जना भएको हो। पृथ्वीले सूर्यलाई पूरा परिक्रमा गर्न ३६५ दिन लगाउँछ। यस अवधिमा दुई मात्र दिन रातको समय समान हुन्छ। बिक्रम सम्वत अनुसार असोज ७ गते (सेप्टेम्बर २३) र चैत्र ७ गते (मार्च २१) पर्दछ। एउटै हावापानी अथवा जाडोगर्मी र दिनको लम्बाइ एउटै पर्ने अवधि ठ्याक्कै ६ महिनामा पर्दछ।
तपाईँ हामीले अनुभव गरेकै छाँै कि दिन र रात हरेक महिना क्रमशः घटी या बढी हुन्छ। घटबढ हुने यो प्रक्रियालाई भूगोलमा ऋतु परिवर्तन भनिन्छ। यस परिवर्तनमा ४ दिन (मार्च २१, जून २१, सेप्टेम्बर २३ र डिसेम्बर २२) लाई महत्त्वपूर्ण दिनको रुपमा लिइन्छ। दिनरातको घटबढ पृथ्वीको सृष्टि भएदेखि नै प्रकृतिमा आफै हुने गर्दछ। यसको मूल कारण पृथ्वीलगायत ब्रमाण्डमा रहेका हरेक ग्रहहरु गतिमा छन्। ग्रहहरुमा सबैभन्दा ठूलो र प्रभावकारी ग्रह सूर्य हो। बाँकी ग्रह तथा उपग्रहहरुले सूर्यलाई परिक्रमा गर्दछन्। दिनरात बराबर हुनुमा पृथ्वीको आफ्नो अक्षमा हुने दैनिक चाल र वार्षिक चाल परिभ्रमणको फलस्वरुप हुने गर्दछ।
पुसमाघका दिन छोटा थिए। तर अहिले भने क्रमशः दिनको समयावधि बढ्दै गइरहेको छ। अझ जेठ असारतिरका दिनहरु लामा हुन्छन्। त्यस महिना पछिका दिन क्रमशः छोटिदै जान्छन्। अंग्रेजी क्यालेण्डर अनुसार आजभोलिका दिन र रातको समय एकदमै बराबर छ अर्थात् २४ घण्टाको दिनरातमा १२/१२ घण्टाको दिनरात हुन्छ। तर बिक्रम सम्वतसर अनुसार चैत्र ७ गतेको दिनमानको समयावधि ३० घडी १३ मिनेट रहेको छ। यस दिनको सूयोर्दय ६ बजेर १० मिनेट जाँदा भएको छ भने सूर्यास्त ६ बजेर १५ मिनेट जाँदा भएको देखिएको छ। यस भन्दा अघि चैत्र ४ गतेको दिनमान ३० घडी (१२ घण्टा) रहेको देखिन्छ। यस दिन सूयोर्दय ६ बजेर १३ मिनेट जाँदा भएको देखिन्छ भने सूर्यास्त पनि ६ बजेर १३ मिनेट जाँदा भएको छ।
त्यसैले यस अनुसार हेर्ने हो भने दिनरात बराबर भएको दिन चैत्र ४ गतेलाई मान्नुपर्ने हुन्छ। यस अनुसार ५ मिनेट भन्दा बढी अर्थात् १३ पलाले दिनमानको वृद्धि भएको देखिन्छ। अग्रेजी ग्रेगरियन क्यालेण्डर अनुसार मार्च २१ (चैत ७ गते) लाई बराबर दिनरात भएको माने पनि बिक्रम सम्वत अनुसार चैत ४ गते भन्दा चैत ७ गतेको दिनमान अन्तर १३ पला बढी देखिएकोले चैत ४ गतेलाई नै दिनरात बराबर भएको दिन मान्नुपर्दछ। सूयोर्दय भएदेखि सूर्यास्त नभइञ्जेलसम्मको उज्यालो रहने अवधिलाई ज्योतिषाशास्त्रमा दिनमान भनिन्छ।
दिन लामा र छोटा हुनुमा २ कुरामा ख्याल राखिन्छ। त्यस दिन भएको (१) सूयोर्दय र, (२) सूर्यास्त। यी दुई बीचको अन्तर नै दिनमान हो। पञ्चाङ्गमा हरेक दिनको सूयोर्दय र सूर्यास्त नै उल्लेख गरिएको हुन्छ। नेपाल, भारतको पञ्चाङ्ग अन्य मुलुकको भन्दा केही मात्र फरक छ। जस्तो कि अन्य मुलुकमा वार परिवर्तन रातको १२ बजेपछि मात्र अर्को बारको नाम लिइन्छ भने ज्योतिषीय दृष्टिले वार भोलिपल्ट बिहान सूयोर्दय भएपछि मात्र परिवर्तन हुन्छ, जस्तो कि दिनमा आइतवार थियो भने भोलिपल्ट बिहान सूयोर्दय ५ बजे १० मिनेट जाँदा भएको छ भने त्यसपछि मात्र सोमवार हुन्छ। अन्य मुलुकमाझैं १२ बजे वार वा गते नै परिवर्तन हुँदैन।
सबै दिन समान नहुनुको मुख्य कारण पृथ्वीको गति, अक्षांश, पृथ्वीको झुकाव असमान हुनु हो। घुम्ने मेचमा घुम्दै जाँदा जसरी एकैनासले घुमिदैंन, त्यसरी नै पृथ्वी सूर्यको कहिले नजिक त कहिले टाढा पर्न जान्छ। पृथ्वी सूर्य नजिक पर्दा पृथ्वीको गति छिटो हुन्छ। टाढा हुँदा गति ढिलो हुन्छ। तसर्थ यस अवस्थामा पृथ्वी असारमा एकदमै टाढा पर्न जान्छ यस अवस्थामा पृथ्वीको गति ढिलो भएको कारणले गर्दा नै दिन लामो र चर्को घाम पनि हुन्छ। तर यसको विपरीत पुस महिनामा पृथ्वीको गति तीव्र रुपमा हुने भएकोले गर्दा दिन छोटो र मधुरो प्रकाश हुन्छ।
वर्ष दिनको सबैभन्दा छोटो दिन हरेक पुसको ६ वा ७ गते पर्दछ। यस दिनको समयावधि १० घण्टा १९ मिनेट ४८ सेकेण्ड (२५ घडी ५० पला) रहेको छ भने रातको समयावधि १३ घण्टा ४० मिनेट १२ सेकेण्ड (३४ घडी १० पला) छ। त्यसरी नै सबैभन्दा लामा दिन असार ५ गते देखि ९ गतेसम्म परेको थियो। यस दिनको समयावधि १३ घण्टा ५० मिनेट २४ सेकेण्ड रहेको थियो।
तर अग्रेजी क्यालेन्डर अनुसार सबैभन्दा लामो दिन जून २१ (असार ६/७ गते)। हरेक वर्ष दुई पटक बराबर हुने दिनरात सेप्टेम्बर २३ र मार्च २१। त्यसरी नै सबैभन्दा छोटो दिन पुस ४ गतेदेखि १० गते (१० घण्टा.१९ मिनेट ४८ सेकेण्ड.) सम्म रहेको थियो।
दिनको लम्बाइको आधारमा ऋतु परिवर्तनको निर्धारण पनि हुन्छ। लामा दिन गर्मीका संंकेत हुन्। छोटा दिन जाडोका। सेप्टेम्बर २३ र मार्च २१ मा दिन र रात बराबर हुन्छ। ग्रीष्म (चैत्र वैशाख), वर्षा (साउन भदौ) ऋतुका समयावधि लामा हुन्छन तर हेमन्त (मंसिर, पुस), शिशिर (माघ, फागुन) ऋतुका छोटा दिनका हुन्छन्।
दिन र रातमा भएको समायान्तरले ऋतु परिवर्तनको अनुभव गराउँछ। समय थाह नपाउने गरी क्रमशः बितिरहेको हुन्छ। तर दिन वा रात जे जति समयका भए पनि २४ घण्टामा फेरि उही समय दोहरिन्छ। बिहान, दिउँसो, साँझ र रात हुनु सूर्यको प्रकाशसितै सम्बन्ध राख्दछ। पृथ्वी चलायमान नभएको भए वा पृथ्वी गोलाकार सुन्तलाजस्तो आकारमा नभएको भए दिनरातको लम्बाइमा घटबढ हुने थिएन। हरेक दिन सूयोर्दय र सूर्यास्त समयमा केही न केही सेकेन्डको फरक हुन्छ। धेरै दिन बितेपछि मात्र यो फरकपनको अनुभूति गर्न सकिन्छ। हाम्रो घडी एकनासले चलेको हुन्छ। यसले सधैं निश्चित समय दिन्छ। पुस महिनाको विहानको सात बजे भन्नाले लगभग सूयोर्दय हुने बेलाको समय हो तर असार महिनाको ७ बजे भन्नाले सूयोर्दय झण्डै २ घण्टा अगावै उदाइसकेको भन्ने बुझिन्छ। यसले के बुझाउछ भने हाम्रो घडीको समय निश्चित छ तर बाह्य जगतमा देखिने सूयोर्दय र सूर्यास्त समयमा हरेक दिन नजानिंदोँ तवरले थोरै अन्तर आइसकेको हुन्छ। ६ महिनापछि १ घण्टा ३९ मिनेटको नै समयान्तर परिसकेको हुन्छ। समग्रमा भन्दा नेपाली पञ्चाङ्ग र अंग्रेजी क्यालेण्डरमा केही भिन्नता देखा परेको छ। यसलाई समय सन्दर्भ अनुसार परिमार्जनको जरुरी भइसकेको छ। त्यसैले ग्रहको स्थितिले नै चल्नु युग सापेक्ष हुनेछ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१