अस्पतालको शैय्यामा गीतकार गौचन

आदर्श समाज सम्वाददाता
पौष ७, २०७०

जति माया लाए पनि

जति कसम खाए पनि

निष्ठुरीले बाटो लाग्दा

आखा तरि गएपछि

मनमा पीर त पर्ने नै भयो,

यो मन त्यसै मर्ने नै भयो।

वि.सं. २०३५ सालमा रचना गरिएको गीत हो यो। एक वर्षपछि  गायक अरुण थापाले स्वर दिएपछि उनलाई यस गीतले उचाइमा पुर्‍यायो। जसका कारण गायक थापा  साङ्गीतिक क्षेत्रमा आफ्नो करियर स्थापित गराउन सफल भए। तर यस लोकप्रिय गीतका रचनाकार थिए विनोद गौचन। त्यसताका श्रोताको आग्रहमा रेडियो नेपालमा दैनिक ८/१० पटक सम्म यो गीत बज्ने गर्दथ्यो। थोरै गीत रचना गर्ने र गरेका गीतहरू प्रिय बन्ने गौचनको कुशलता हो। उनले सृजना गरेका गीतका शब्दहरू अहिलेका पुस्ताहरूको मनमासमेत बस्न सफल भएको छ। तिनै लोकप्रिय गीतका रचनाकार विनोद गौचन विगत चार महिनादेखि छातीको इन्फेक्सनबाट पीडित हुनुहुन्छ। दमको समस्याका कारण शरीरमा कमजोरीपन छ।  महिनाको एक पटक कुनै गाउँ’मा पुगेर रमाउने र त्यहाँका वस्तुस्थितिलाई आफ्ना रचनामा उर्तान सिपालु कवि तथा वरिष्ठ गीतकार गौचन यतिबेला पोखराको फेवा सिटी हस्िपटलको शैय्यामा सीमित हुनुहुन्छ।

तगारोमा रुमाल राखी

बाटो छेक्यौ तिम्ले

त्यही रुमालमा पञ्चासेको

फूल राखेँ मैले।

प्रस्तुत गीत १२ वर्षअघि रचना गरिएको हो। कास्की, स्याङजा र पर्वतको संगमस्थल पञ्चासे घुम्न जाँदा त्यहाँको प्राकृतिक सौर्न्दर्य, जनजीवन, संस्कृति र वातावरणले प्रभावित भएर रचना गरिएको यो गीत पनि कन्दरा ब्याण्डका विवेक श्रेष्ठले स्वर दिएपछि चर्चित र लोकप्रिय बन्यो।  गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा विशेष गरी युवायुवती बीच बाटो छेक्ने चलनलाई गीतको माध्यमबाट उजागर गरे।  यसले गुरुङ समुदायको संस्कृतिलाई मात्र प्रचार गरेन, जैविक विविधताले धनी पञ्चासे क्षेत्रलाई पनि चिनाउन सफल भयो। कवि गौचन तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत समेत भएका थिए।

अङ्ग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि विलीयम वर्डस्र्वर्थ कविता रचनापूर्व प्रकृतिमा रमाउने गर्दथे।  उनले पछि घरमा आएर स्मरणलाई मूर्तरुप दिएजस्तै गौचनले पनि पञ्चासेको यो गीत पोखरा आएर ‘रि-कलेक्सन’  गर्नुभएको हो।

कस्तो ठाउँमा फूल्यौं तिमी

टिप्नै गाह्रो भो

मन भित्र बस्यौ तिमी

भुल्नै गाह्रो भो।

माया प्रीतिका कुरालाई समावेश गर्दै पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानलाई साथ लिने गौचनको विशेषता हो।  वि.सं. २०५५ सालमा पहिलो पटक पर्यटकीय गाउँ’ धम्पुस जाँदा सृजना गरिएको सो  गीत आज पनि सदाबहार जस्तै लाग्छ।  अरु गीतहरू जस्तै गौचनले यसलाई पनि प्रकृति र त्यहाँका संस्कृतिसँग रमाउँदै गीतको ‘प|mेम’ दिनुभएको हो। ३५ वर्ष अगाडी बनाइएका गीत आज पनि सुनौ सुनौँ जस्तो लाग्ने खालका छन् उनका। फेरि बालबच्चा, युवायुवती र वृद्धाहरूसम्म। त्यसैले होला गीतकार गौचनलाई दूरगामी कविको रुपमा पनि कतिपयले लिने गरेका छन्।

एड्स रोग नियन्त्रण संघ कास्कीले निर्माण गरेको एचआइभी र लागूपदार्थसम्बन्धी जनचेतना गीत पनि उहाँकै रचनामा निर्माण गरिएको हो। गौचनको ‘ढुङ्गे साँघुको मेलामा’ २०५५ मा र ‘पोखरामा फूल फुल्दैन’ २०६३ सालमा गरी दुइ वटा कविता सङ्ग्रह प्रकाशित छन्।

२० वर्षको उमेरदेखि नै गीत संगीतमा लागेका ५८ वर्षीय गौचनको पदयात्रा र अध्ययनमा विशेष रुची छ। विगत ५ महिनादेखि हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका गीतकार गौचनले साहित्यिक पुस्तक अध्ययनलाई भने निरन्तरता दिएका छन्।

उनको बेडको छेउमा राखिएका साहित्यिक पुस्तकले पनि यसलाई दर्शाउँछ। स्वास्थ्य लाभ हुनासाथ कुनै गाउँ’मा छिर्ने इच्छा गौचनको छ। लुम्लेलाई कविताको गाउँ’ बनाउन गौचनको ठूलो योगदान छ।  उनको हालसम्म करिव ३ दर्जन गीतहरू रेर्कर्ड भएका छन्।

छातीको इन्फेक्सनबाट ग्रस्त गौचन ओछ्यानमा दिनरात बिताइरहँदा शुभेच्छुकहरूले सामाजिक सञ्जाल मार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ती मध्ये कवियित्री उषा शेरचनले आफ्नो फेसबुकको स्टाटसमा लेखेकी छिन् –

“२०३४/३५ साल तिर मेरो जन्म थलो पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातक तह पढ्ने ताका ‘जति मायाँ लाए पनि’ जस्ता बहुचर्चित गीतका गीतकार तथा कवि विनोद गौचनले नै मेरो नोटबुकमा रहेको ‘जिन्दगी’ कविता सारेर गोरखापत्रमा पठाइदिनु भएपछि गोरखापत्रमा कविता छापिएको कुरा साथीहरूबाट सुन्दा पहिला त विश्वासै लागेन तर पत्रिकामा देखेपछि भने आफैँ छक्क परेँ म।

त्यसरी आफैँभित्र मात्र सीमित वा मेरो नोटकपिभित्र लुक्न विवश मेरा कविताहरू सार्वजनिक हुने क्रमको सुरुवात गरिदिनु भएर मलाई ओझेलबाट तानेर ल्याउने कार्यमात्र नभएर मेरो साहित्यप्रतिको रुझान देखेर पोखरामा साहित्यप्रति रुझान र आस्था भएका जमात भन्नाले उतिबेलाका भक्तराज श्रेष्ठ र अहिलेका ख्यात्रि्राप्त सरुभक्त, तीर्थ र प्रकटलाईसमेत उहाँले नै परिचय गराइदिनु भएको हो।  यी सबैकुराको श्रेय उहाँलाई दिदैँ र आभार प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासहित स्वस्थ र दीर्घ जीवनको कामना गर्दछु।”

गौचनको पछिल्लो पटक रेर्कर्ड गरिएको

‘चोली फाटेपनि त्रि्रो

जोवन फाट्या छैन,

लाग्छ त्रि्रो उमेरले

सोह्र काट्या छैन’

बोलको गीतका गायक विरु जि.एम.ले फेसबुक मार्फत नै स्वास्थ्य लाभको कामना गरेका छन्।

५८ वर्षीय गीतकार गौचन थुप्रै पटक राजधानी पुगे  उपचारका लागि। तर समस्या उस्तै छ। उनी हिड्न सक्दैनन्।  तर बोलीमा चाँहि कुनै कमी देखिँदैन उनको। नेपाली गीत संगीतको क्षेत्रमा नयाँ आयाम दिलाउन सफल गौचन राष्ट्रका कवि हुन्। देशका लागि योगदान दिएका यस्ता व्यक्तिहरूप्रति समयमै राज्यले पनि योगदान दिन सके राम्रो हुने थियो। गौचनको शीघ्र स्वास्थ्य लाभको कामना।

Related News

सम्बन्धित समाचार

hero news full width