शिक्षा क्षेत्रमा निजी विद्यालयको देन

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७०

जसरी मानिसलाई बाँच्नको लागि गाँस, बास र कपासको आवश्यकता पर्दछ, त्यसैगरी उसलाई अझ सभ्य, कतर्व्यनिष्ठा र उत्तरदायी बनाउन शिक्षा चाहिन्छ। कुनै पनि व्यक्ति, समाज र राष्ट्रको समग्र विकास गर्नको लागि  पनि शिक्षा चाहिन्छ। त्यसैले शिक्षा ज्ञानको ज्योति हो, जीवनको प्रकाश हो, व्यक्तिको व्यक्तित्त्व विकासको लागि आधारभूत आवश्यकता पनि हो, समाजको सभ्यता हो र देश विकासको लागि प्रमुख खम्बा हो। जसरी देशको आर्थिक विकासको लागि सहकारीलाई तेस्रो खम्बाको रूपमा लिइन्छ, त्यसैगरी देशको चौतर्फी विकास र समुन्नत विकासको लागि शिक्षा अत्यावश्यक पूर्वाधार पनि हो।

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा शिक्षाको अवस्था अझै पनि नाजुक अवस्थामा रहेको छ। अझै पनि हजारौ बालबालिका शिक्षाको क्षेत्रबाट बञ्चित भइरहेका छन्। जुनसुकै सरकार आए तापनि यस क्षेत्रमा उल्लेखनीय प्रगति हुन सकेको छैन। शिक्षा क्षेत्रमा सरकारको स्पष्ट नीति आउन सकेको छैन। नेपाल सरकारको तर्फबाट शिक्षा क्षेत्रमा लगानी पनि नभएको हैन तर लगानीको साथसाथै राजनीतिले व्यापकता पाएको कारण सरकारी क्षेत्रबाट शिक्षामा कुनै लाभदायक उपलब्धि एवं उन्नति भएको छैन। तसर्थ शिक्षा क्षेत्रमा भएको अस्त व्यस्ततालाई समाल्न पक्कै पनि निजी क्षेत्रको ठूलो हात रहेको छ। तालिम प्राप्त शिक्षक जो सरकारी विद्यालयमा छन्, जसले तालिमको उपलब्धि राजनीतिमा लगाएको देखिन्छ किनभने सरकारी विद्यालयमा राजनीतिले जरा गाडिसकेको छ, जसले गर्दा विद्यार्थीहरू पनि यस क्षेत्रबाट अछूत रहन सकेका छैनन्।

निजी विद्यालयहरू जसको शिक्षा क्षेत्रमा ठूलो लगानी एवं योगदान रहेको छ, जुनसुकै सरकार आएपनि तारो बनिनुपरेको छ। कहिले, सरकारको करको नीति त कहिले विभिन्न राजनीति दलका विद्यार्थी एवं अन्य भातृ स·ठनहरूको चन्दा आतड्ढबाट। मह काडनेले हात त पक्कै चाट्छ नै, निजी विद्यालयहरू जहाँ व्यक्तिगत लगानी रहेको हुन्छ केही न केही मुनाफा त पक्कै हुन्छ। अनि मुनाफा नहुने भए किन आफूहरूलाई जोखिममा मोलेर लगानी गर्थे र -आफ्नो लगानीको जोखिम मोलेर समग्र शिक्षा क्षेत्रमा जुन किसिमको तरङ्ग निजी क्षेत्रले ल्याएको छ, मलाई लाग्छ सरकारले यस क्षेत्रलाई सही मूल्याड्ढन गरिनुपर्दछ र अझै प्रणालीगत ढङ्गले अगाडि बढन हौसला दिनुपर्दछ। विद्यालय स्तरसम्मको अवस्थालाई अध्ययन गर्ने हो भने पनि शिक्षामा भएको लगानी र यसको उपलब्धि एसएलसी परीक्षाको नतिजालाई लिन सकिन्छ। हरेक वर्ष लाखौ विद्यार्थीहरू सम्मिलित विद्यार्थीहरू एसएलसी परीक्षामा सरकारी विद्यालयहरूको नतिजा लगानी अनुसारको नभइ अति कम प्रतिशत देखिन्छ, जहाँ निजी विद्यालयको नतिजा शत प्रतिशत देखिन्छ। विशिष्ट श्रेणी र प्रथम श्रेणीमा सरकारी विद्यालयबाट चामलमा विया खोजेजस्तै हुन्छ जबकि निजी विद्यालयका विद्यार्थीहरू द्वितीय र तृतीय श्रेणीमा चामलमा विया जस्तै। अनि भनिन्छ उल्टै निजी विद्यालयका विद्यार्थीहरूमा सृजनात्मक क्षमता हुँदैन। के एसएलसी परीक्षाका उत्तरपुस्तिकाहरू निजी विद्यालयका शिक्षकहरूले परीक्षण गरेका छन् त – होला एक प्रतिशत शिक्षकहरूको सम्लग्नता तर बाँकी उनान्सय प्रतिशत उत्तरपुस्तिका त सरकारी विद्यालयका शिक्षकहरूले परीक्षण गरेका छन्। अब भन्नुस् सरकारी विद्यालयका शिक्षकद्वारा परीक्षण गरिएका उत्तरपुस्तिकाबाट करिब ९० प्रतिशत परीक्षाफल निजी विद्यालयको छ भने लेखनशैली र सृजनात्मक क्षमता निजी विद्यालयका विद्यार्थीहरूमा पक्कै रहेछ नि त। अनि सरकारद्वारा संरक्षित कोटा जस्तै एम.वि.वि. एस., इन्जिनियरमा सरकारी विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूको प्रभुत्व कति छ त – आखिर खुल्ला प्रतिस्पर्धा त भएको नै छ, जहाँ निजी विद्यालयबाट उत्पादित विद्यार्थीहरूको नै बाहुल्यता बढी छ। यसले प्रष्ट पार्छ कि निजी विद्यालयमा गुणस्तर पक्का छ।

सरकारले जसरी सरकारी विद्यालयमा लगानी गरेको छ, यदि त्यसको एक प्रतिशत मात्र निजी विद्यालयमा लगानी गरोस निजी विद्यालयमा अझ उत्साह, जोश र जाँगर आउछ, अनि देशको समग्र शिक्षा क्षेत्रमा नयाँ परिवर्तन आउँछ। सरकारले शिक्षा क्षेत्रमा जतिसुकै लगानी गरे तापनि झन यसको उपलब्धि र गुणस्तरमा कमी आइरहेको छ। यदि शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग र उपलब्धिमूलक गराउने हो भने शिक्षाको सम्पूर्ण बागडोर निजी क्षेत्रलाई दिनुपर्ने देखिन्छ किनकि त्यहाँ राजनीतिको ‘र’ चल्दैन, गुणस्तरमा परिवर्तन आउछ, शिष्टमको विकास हुन्छ। अन्यथा देशले शिक्षा क्षेत्रमा एक फड्को पनि मार्न सक्दैन्। यतिमात्र हैन, देशमा बढ्दो बेरोजगारी समस्यालाई पनि निजी विद्यालयहरूले समाधान गरेका छन्। यदि देशका सम्पूर्ण निजी विद्यालयहरूलाई सरकारले धरापमा पार्‍यो भने त्यहाँ रोजगारी पाइरहेका शिक्षक शिक्षिकाहरूको रोजीरोटी पनि गुम्छ, अनि बेरोजगारको समस्याले झन उग्ररूप लिन सक्छ।

तसर्थ शिक्षा क्षेत्रमा निजी विद्यालयको जुन किसिमको योगदान रहेको छ, यसलाई नाफामूलक नठानी सरकारले पूर्णरूपमा सहयोग गर्नुपर्ने देखिन्छ। निजी लगानीकर्ताहरूसँग सहकार्य गर्नुपर्दछ। होलान् केही विद्यालयहरू नाफामूलक रूपमा मात्र अगाडि बढेका सबै त छैनन्। यदि छन् भने पनि तिनीहरूलाई विधिवत ढ·बाट नियन्त्रण गर्नुपर्ने जिम्मा त सरकारको हो। सरकार आफै सरकारी विद्यालयको न्यूनतम उपलब्धिलाई आँखा चिम्लेर निजी विद्यालयहरूप्रति एकोहोरो रूपले आक्रामक शैलीमा प्रस्तुत हुनु भनेको मलाई लाग्छ बादरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बन्न दिँदैन भनेजस्तै हो। यसरी सरसर्र्ती हेर्दा उच्च मावि र विश्व विद्यालयस्तरको गुणस्तरमा पनि हाल आएर प्रश्नवाचक चिन्ह रहेको छ। उच्च माविको नतिजा, विश्व विद्यालयको नतिजा जस्तै त्रि.वि.वि. को नतिजा, परीक्षा प्रणाली आदि पनि निजी स्रोतबाट सञ्चालित उच्च मावि र विश्व विद्यालयजस्तै काठमाडौँ विश्व विद्यालयसँग तुलना गर्न नमिल्ने भएको छ। विद्यालयदेखि विश्व विद्यालय तहसम्मको शैक्षिक अवस्थालाई नियाल्दा हाल नेपालमा सरकारी लगानी बालुवामा पानी खन्याएजस्तै केवल राजनीतिक व्यक्ति उत्पादन गर्ने थलो भएको देखिन्छ भने निजी क्षेत्रबाट उत्पादित जनशक्ति देशको समग्र विकासको लागि दक्ष जनशक्तिको रूपमा उदीयमान हुँदै गइरहेको देखिन्छ। यसै गरी निजी विद्यालयप्रति अभिभावकहरू आकषिर्त हुनाको कारण मूलतः यस क्षेत्र भित्रको शैक्षिक वातावरण, अनुशासन र लगनशीलतालाई लिन सकिन्छ। त्यही भएर नै अभिभावक आफ्ना गहनालाई जतिसुकै रकम किन नहोस् निजी विद्यालयमा नै पढाउन तयार छन्। उदाहरणको लागि उत्पत्यका वा नेपालकै मह·ा विद्यालय भनेर चिनेने एल.आर.आइ, रातो बंगालालगायत अन्य कुनै जहाँ नर्सरी कक्षाको मासिक शुल्क नै पच्चीस, तीस हजार छ, कुनै समय बन्द हुँदा अभिभावककै अनुरोध र प्रेसरमा सञ्चालन भइरहेका छन्। यसले के देखाउछ भने सरकारले सरकारी विद्यालयबाट लगानिअनुसारको प्रतिलफल हासिल गर्न सकेको छैन, अभिभावकहरू पनि सरकारी विद्यालयप्रति ढुक्क छैनन् र उनीहरूको सरकारी विद्यालयप्रति वितृष्णा फैलिएको छ अनि गुणस्तर शिक्षाको लागि निजी विद्यालयप्रति आकषिर्त भएका छन्। यसरी समग्रमा रूपमा हर्र्ने हो भने नेपालकै शिक्षा क्षेत्रमा निजी विद्यालयको ठूलो देन रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width