नेपाली नारीले गाउने लोकगीत

सन्दर्भ : १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस पूर्व सन्ध्या

dr. kusumakar neupani प्रा.डा.कुसुमाकर न्यौपाने
फागुन २३, २०७५

नारीदिवसकै दिनमा नारीले परम्परागत रूपमा जोगाइराखेका लोकसांस्कृतिक वैभवलाई स्मरण गर्नुका साथै तिनको संरक्षण र प्रबद्र्धनमा लाग्नलगाउन सके सम्बन्धित राष्ट्रका लागि त्यो कार्य महत्वपूर्ण हुन्छ । नारी दिवस मनाउने क्रममा नेपाली नारीहरूले पनि आफ्ना परम्परागत लोकसंस्कृतिलाई जोगाउने योजना बनाई त्यसलाई कार्यन्वयन गराउन सके त्यो दिवसको औचित्य अझ बढी प्रभावकारी हुनसक्छ ।

१. नारीदिवस

संसारका नारीहरूले नारीदिवस मनाएजस्तै नेपालमा पनि यहाँका नारीहरूले विभिन्न कार्यक्रमका साथ नारीदिवस मनाउँछन् । यो दिवस मनाउँदा नारी अधिकार र हकहितका कुरा गर्दछन् । थिचोमिचोबाट मुक्ति हुने बाटो पहिल्याउँछन् । मानवहितका कुरा गर्दछन् । मानवलाई मानव भएर बाँच्ने मार्ग खुट्याउँछन् । यस क्रममा इतिहासमा बाँचेका उदाहरणीय नारीहरूको उच्च कार्यको स्मरण गर्दछन् । यस कार्यक्रमले नारीमा चेतनाको विकास गराएको छ । यस्तै पुरुषलाई पनि समयसापेक्ष भएर हिँड्न प्रेरित गरेको छ ।

नारीदिवसकै दिनमा नारीले परम्परागत रूपमा जोगाइराखेका लोकसांस्कृतिक वैभवलाई स्मरण गर्नुका साथै तिनको संरक्षण र प्रबद्र्धनमा लाग्नलगाउन सके सम्बन्धित राष्ट्रका लागि त्यो कार्य महत्वपूर्ण हुन्छ । नारी दिवस मनाउने क्रममा नेपाली नारीहरूले पनि आफ्ना परम्परागत लोकसंस्कृतिलाई जोगाउने योजना बनाई त्यसलाई कार्यन्वयन गराउन सके त्यो दिवसको औचित्य अझ बढी प्रभावकारी हुनसक्छ । त्यस क्रममा नेपाली नारीहरूले परम्परागत रूपमा जोगाइराखेका नेपाली लोकसंस्कृतिमध्येको महत्वपूर्ण एउटा विधा नेपाली लोकगीतलाई यहाँ नारीले गाउने नेपाली लोकगीत भनेर चर्चा गरिँदै छ ।

२ नारीले गाउने नेपाली लोकगीत

नेपाली नारीले गाउने नेपाली लोकगीतहरू धेरै छन् । विभिन्न जातिको बसोवास भएको यस देशमा जातिगत नारी लोकगीत पनि प्रशस्त छन् । ती सबैलाई व्यवस्थित तुल्याउन अझै सकिएको छैन । यहाँ सामान्य सवेर्क्षण गर्दा नेपाली नारीहरूले नेपाली भाषा प्रयोग गरी गाउने गरेका नेपाली लोकगीतहरू यस प्रकारका छन् : सँगिनी गीत, कठै गीत, जेठे गीत, वाली गीत, गौरा गीत, डोली चलाउँदाको गीत, कृष्ण जन्मेको गीत, तिजे गीत, कइकदमै गीत, हम्क्याइलो गीत, ऋषिपञ्चमी गीत, सैरेली गीत, भैली गीत, तोरन तार्दाको गीत, रत्यौली गीत, खुड्का गीत, झोडा गीत, माँगल गीत, फाग गीत, सगुन गीत आदि । यी लोकगीतलाई बाह्रमासे गीत, कर्म गीत, पर्व गीत र संस्कार गीत गरी चार भागमा छुट्ट्याएर तिनलाई चिनाउँदै तिनको शक्तिलाई यहाँ संक्षेपमा प्रस्तुत गरिँदै छ ।

२.१ बाह्रमासे गीत

बाहै्र महिना जुनसुकै बेला पनि गाइने लोकगीत बाह्रमासे गीत हो । हिँड्दा, डुल्दा, बस्दा, सुत्दा, घोरिँदा वा जे गर्दा पनि गाउन मिल्ने गीत बाह्रमासे गीत हो । यस्तो खालको गीत एक्लै पनि गाउन सकिन्छ अनि सामूहिक रूपमा पनि गाउन सकिन्छ । त्यसैले यो गीत गाउनका निम्ति कुनै अवसर पर्खनुपदैर्न । नेपाली महिलाले जुनसुकै बेला गाउने एक प्रकारको गीत सँगिनी गीत हो । यो नेपालको पूर्वी भागमा बढी प्रचलित छ । यसमा विविध विषय तथा विविध भाव आएका हुन्छन् । यस्तै नेपाली महिलाले बाह्रै महिना गाउने अर्को गीत कठै गीत हो । कठै गीतले करुणभाव जागृत गराउँछ ।

नेपाली नारीले बाह्रै महिना गाउने गीतहरू गाएर आफूहरूले मनोरञ्जन लिन्छन् । आफ्ना दुःख बिर्सन्छन् । मन र शरीरलाई हलुङ्गो बनाउँछन् । आफ्नो सिर्जना शक्तिलाई बढाउँछन् । यति मात्र होइन श्रोताका मनमा बसेको दुख उडाइदिन्छन् र मन अनि शरीर हलुङ्गो तुल्याइदिन्छन् । यस्तै श्रोतामा लुकेको सिर्जना शक्ति जागृत गराउँछन् । नेपाली नारीहरूले यस्ता खालका सामथ्र्य भएका बाह्रमासे लोकगीत गाएर नेपाली साङ्गीतिक जगतलाई समृद्ध बनाएका छन् ।

२.२ कर्म गीत

काम गर्दा मात्र गाइने लोक गीत कर्म गीत हो । कर्म गीत गाउनका निम्ति खेतीपाती गर्ने समय आवश्यक पर्दछ । कर्म गीत गाउनका निम्ति खेत रोपाइ गर्दाको अवसर, कोदोमकै दल्दाको अवसर जस्ता अवसर आवश्यक हुन्छ । नेपाली महिलाले जेठ महिनामा घैया तथा जिरा गोड्दा गाउने गीत जेठे गीत हो । यस्तै यहाँका महिलाले खेत रोपाइँ गर्दा गाउने एक प्रकारको गीत वाली गीत हो ।

यी दुबै गीत बाजा तथा नृत्यबिना नै गाइन्छन् । विशेष गरी यी दुबै गीत काम गर्दाको थकाइ बिर्सने अनि मनोरञ्जन गर्ने उद्देश्यले गाइन्छन् । अझ वाली गीत त मनोरञ्जनका साथै खेतीपाती पनि राम्रो हवोस् भन्ने उद्देश्यले गाइने गरिन्छ । नेपाली नारीले यस्ता लोकगीत गाएर काम गर्दाको स्थानलाई पनि साहित्य तथा सङ्गीतशाला जस्तै बनाइदिन्छन् अनि काम गर्दाको थकाइ बिर्साइदिन्छन् । मान्छेलाई जाँगरिलो बनाइदिन्छन् । बसिराखेको मान्छे पनि त्यही काम गर्ने स्थानमा गई काम गर्न उद्धत हुन्छन् । नेपाली नारीहरूले यस्ता खालका तागत भएका कर्मगीतहरू गाउँछन् ।

२.३ पर्व गीत

चडपर्वका बेलामा मात्र गाइने लोकगीत पर्व गीत हो । पर्व गीत गाउनका निम्ति विभिन्न चाडपर्वको अवसर आवश्यक हुन्छ । नेपाली नारीहरूले गौरा पर्व मनाउँदा मात्र गौरा गीतगाउँछन् । यस्तै जन्माष्टमी पर्वको साँझपख भगवान् कृष्णको पूजाआजा गर्न फूलपाती, अक्षतालगायतका पूजाका सामग्री घरघरबाट डोलीमा सङ्कलन गर्दै पूजनस्थलसम्म पुग्दा डोली चलाउँदाको गीतगाउँछन् । जन्माष्टमीको मध्य रातमा भगवान् कृष्ण जन्मेको गीत गाउँछन् । जन्माष्टमीदेखि ऋषिपञ्चमी पर्वका दिन पञ्चमी घुम्नुपूर्वसम्म तीजे गीत गाउँछन् । यही तीज पर्वका अवसरमा तीजे गीतका विभिन्न भेदहरू गाउनुका साथै कइकदमै गीत अनि हम्क्याइलो गीतनामका गीत पनि गाउँछन् । ऋषिपञ्चमीका दिन पञ्चमी घुम्दा ऋषिपञ्चमीको गीत गाउँछन् । तिहार पर्वका अवसरमा नेपाली नारीले भैली गीतगाउँछन् अनि भेरी रापती अञ्चलका पहाडी भूभागमा बसोवास गर्ने महिलाले सैरेली गीत गाउँछन् । हरिबोधिनी एकादशीका दिन गङ्गामा फूलपाती सेलाउन र तोरन तार्न जाँदा फूलपाती तथा तोरन बोकेर गाउँदै हिँड्ने गीत तोरन तार्दाको गीत हो ।

चाडपर्वमा यस्ता लोकगीतहरू गाएर पर्वलाई रमाइलो बनाउँछन् । यति मात्र होइन कतिपय लोकगीत गाएर भगवान प्रति भक्तिभाव जागृत गराउँछन् । भक्ति गनेर्हरूलाई एकताबद्ध तुल्याउँछन् । भक्ति गनेर्को मन भक्ति गनैर्मा केन्द्रित तुल्याउँछन् । तिजे गीतलगायतका कतिपय गीतका माध्यमबाट आफ्नो दुःखसुख, बिरहवेदना, हाँसोआँसुका कुरा व्यक्त गरी आफूलाई हलुङ्गो बनाउँछन् अनि श्रोताका मनमा पनि खुसी उमार्दिन्छन् । यस्तै श्रोताको मन प्रफुल्ल बनाउँछन् अनि आफूहरू पनि प्रसन्न हुन्छन् । नेपाली नारीहरूले यस्ता खालका सामथ्र्य भएका पर्व गीत गाउँछन् ।

२.४ संस्कार गीत

संस्कार गर्दाका बेलामा गाइने लोकगीत संस्कार गीत हो । जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारहरू गरिन्छन् । त्यस्ता संस्कारमध्ये कतिपय संस्कार गर्दा नेपाली नारीले लोकगीत गाउँछन् । न्वारन गर्दा संस्कारदेखि भातखुवाइ, मुण्डन, व्रतबन्ध, विवाह संस्कार गर्दा मागल गीत, फाग गीत, सगुन गीत गाउँछन् । अझ विवाह संस्कार गर्दा उक्त गीत गाउनुका साथै रत्यौली गीत पनि निकै उत्साहका साथ उराल्छन् । यस्तै विवाहकै दिन दुलहीले आफ्ना पीडाहरू समेल्दै खुड्का गीत अलाप्छिन् । विवाह गर्न जन्तीसहित दुलाहा पठाएपछि र विवाह गरेर ल्याएकी दुलहीलाई भित्र्याउँदाका बेला नेपालको अछाम तथा जुम्लाका महिलाले झोडा गीत गाउँछन् र मङ्गलको कामना गर्दछन् ।

संस्कार गर्ने बेलामा यस्ता लोकगीत गाएर संस्कार गर्दाको वातावरणलाई रमाइलो बनाउँछन् । संस्कार गर्ने व्यक्ति र परिवारजनको मङ्गल कामना गर्दछन् । यस्तै सबै मानवहितका आवाज घन्काउँछन् । आध्यात्मिक चेतनाको विकास गराउँछन् । शान्तिको मार्गमा हिँड्न उत्प्रेरित गर्दछन् । अझ आफूहरू खुसी हुन्छन्, श्रोतालाई खुसी बनाउँछन् साथै भगवान पनि प्रसन्न बनून् भन्ने कामना गर्दछन् । रत्यौली गीतका माध्यमबाट मनोरञ्जन गर्दछन् अनि गराउँछन् । खुड्का गीतका माध्यमबाट आफ्ना वेदना व्यक्त गर्दछन् । नेपाली नारीहरूले यस्ता खालका सामथ्र्य भएका संस्कार गीत गाउँछन् ।

३ निष्कर्ष

मानवहितका निम्ति नारीदिवस महत्वपूर्ण रहेको छ । यस दिवसमा अतीतमा नारीले गरेका योगदानलाई पनि स्मरण गर्नु आवश्यक छ । नेपाली नारीले अहिले हकहितका कुरा गर्दा आफ्ना परम्परागत ती लोकसाङ्गीतिक शक्ति र सामथ्र्यलाई पनि बिर्सन हुँदैन । नेपाली नारीले गाउने गरेका नेपाली लोकगीतहरूको महत्व बिर्सँदा प्रभावकारी ती लोकगीतहरू लोप हुँदै गएका छन्, केही लोपोन्मुख अवस्थामा छन् अनि केही लोगीतहरू विकृत बनेर देखापरेका छन् । तुलनात्मक रुपमा हेर्दा पुरुषले गाउने नेपाली लोकगीतहरू यो वा त्यो रूपमा फस्टाइराखेका छन्भने महिलाहरूले मात्रै गाउने नेपाली लोकगीत चिन्ताजनक अवस्थामा छन् । नारीदिवसका दिनमा नेपाली नारीले आफ्ना परम्परागत त्यस्ता लोकसाङ्गीतिक सम्पदालाई जोगाउने योजना बनाएमा राष्ट्रका लागि यो पनि अर्को एउटा महत्वपूर्ण योगदान हुने देखिन्छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

धम्म’ को सट्टा ‘धर्म’ शब्दको प्रयोग किन?

सरकारको भूमिका

नेपाली काँग्रेसको जनजागरण अभियान

समाजका सच्चा प्रेरक लोक बहादुर थापा

प्रमुख समाचार

दुई परिवारका नौ जनाको विभत्स हत्या

थप प्रमुख समाचार

वालिङमा बजार अनुगमन

प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण