नाडी विज्ञान

kalyaanpanta कल्याण पन्त
जेठ २९, २०७६

तीन औलाले नाडी छाम्दा माझी औलाले पित्त भए नभएको जानकारी दिन्छ। पित्तमा नाडी तीव्र गतिले चल्दछ। वात, पित्त र कफ स्वभाव, शारीरिक बनावट, पाचन शक्ति, विचार, क्षमतासित पनि जोडिएका छन्। सामान्यतः नाडी परीक्षण विधिद्वारा यस्ता व्यक्तिहरूको पहिचान हुन्छ।

विश्वमा प्रचलित सबै चिकित्सा पद्धतिमा नाडी परीक्षाको विधान छ। जुनसुकै मुलुकमा यसको स्पर्शले दिने दबाबलाई विचार गरिन्छ। यसको स्थान आधुनिक चिकित्सामा स्टेथेस्कोपले लिए पनि यसको प्रयोग अझ घटेको छैन। नाडी सम्बन्धी क्रमिक तथ्य ज्ञानलाई नाडी विज्ञान भनिन्छ। पाखुरा, नाडी र हातका वेग्लावेग्लै महत्त्व छन्। नाडी हातसित जोडिएको हुन्छ। आयुवेर्दमा यसको व्याख्या स्वास्थ्यसँग सम्बन्धित छ। रोग निदानका लागि सर्व प्रथम रोगको पहिचान हुनु आवश्यक छ। त्यसपछि मात्र उपचार हुने गर्दछ। नाडी विज्ञान रोग परीक्षणकै माध्यम हो, जसबाट विभिन्न प्रकारका रोगहरु पत्ता लगाइने गरिन्छ।

एउटा जमाना यस्तो पनि थियो, जुन बेला बिरामीलाई औषधि दिनु पूर्व नाडी हेरेर मात्र ओखति दिइन्थ्यो। नाडी हेर्ने काम वैद्यले गर्दथे। आजभोलि नाडी हेरेर ओखति दिने चलन विस्थापित भइसक्न लागेको छ तापनि आयुर्वेदिक उपचारमा यो नाडी विज्ञान अत्यन्तै प्रयोगमा आइरहेको छ। रावण, कणाद आदि महर्षिले नाडीशास्त्रका स्वतन्त्र ग्रन्थ लेखेका थिए। त्यसरी नै योगरत्नाकर, शाङ्र्गधर, आदिले विभिन्न सामग्रीहरु प्रस्तुत गरे। रोगीको शरीर व्याधिको आश्रय हो। वृद्धावस्थामा शरीरमा कुनै न कनै अङ्गमा परिवर्तन आउँछ, जसबाट व्याधि पहिचान गर्न केही संकेत मिल्न आउँछ।

योगरत्नाकरमा उल्लेख भए अनुसार शरीरका ८ स्थानबाट रोग पहिचान गर्न सकिन्छ। यी ८ स्थान हुन्, नाडी, मूत्र, मल, जिब्रो, शब्द, स्पर्श, नेत्र र आकृति। यी मध्ये नाडी परीक्षा उत्तम प्रकारको मानिन्छ। यो विज्ञान यति व्यापक र बलिष्ट छ, जसद्वारा मृत्युशैयाको नजिक पुगेकालाई जीवित वा मरणको एकिन गरिन्छ। अझै यो चिकित्सा पूर्णतः लोप भने भइसकेको अवस्था छैन। घाटे वैद्यलाई जीवनकालको अन्तिम अवस्था देखाएर लाशलाई उठाउने परम्परा अहिले पनि छँदैछ।

नाडी परीक्षाबाटै रोगको लक्षण, व्याधि, परिणाम, आहारविहारका पथपरहेज आदि निर्देशन दिइने गरिन्छ। यसबाट रोगको निदानमा वात, पित्त र कफलाई जोड दिइन्छ। नाडी परीक्षा एक तान्त्रिक विज्ञान हो। यो सम्बन्धी ज्ञान लिनु भन्दा पहिले केही नाडी विज्ञानका विधिविधानका तीन पक्ष जान्नु आवश्यक छ। यी तीन पक्ष भन्नाले पहिलो जसले नाडी हेर्दछ, वैद्य वा चिकित्सक। दोस्रो बिरामी। तेस्रो नाडी हेर्ने समयको अवस्था।

पहिले वैद्यद्वारा नाडी हेरिन्थ्यो, त्यतिखेर उनीहरु नै आधुनिक चिकित्सक जस्ता थिए। चिकित्सकका पनि केही गुणहरु छन्। जसले नाडी हेर्छ, उसको लगाव स्थिर चित्त हुनुपर्दछ। पूर्वाभिमुख वा उत्तराभिमुख गरेर सुखासनमा रहेर नाडी हेर्नुपर्दछ भनिएको छ। कामुक, लोभीलाई नाडी हेर्ने जिम्मेवारी दिइनु हुँदैन भन्नेसमेत भनाइ रहेको छ। चिकित्सकले दायाँ हातका तीन औंला (चोर, माझि र साहिली) को सहायताले नाडी हेर्नुपर्ने विधान छ।

नाडी देखाउने बिरामी प्यास, भोकले आकुलव्याकुल नभएको, तत्काल भोजन नगरेको, व्यायाम, दौडधूप वा स्नान गरेको अवस्थामा पनि नाडी हेर्ने समय उपयुक्त मानिएको छैन। काम, क्रोध, शोक, भयग्रस्त, चञ्चल मन भएको बेलामा पनि नाडी हेर्न हुँदैन। त्यसरी नै थकावट नभएको, उपवास नबसेको, मद्यपानरहीत अवस्था हुनुपर्नेछ।

नाडी हेनेर्को नाडी बिहान खाली पेट भएको बेलामा राम्रो हुन्छ। बिरामी आरामसाथ बसेर वा सुतेको अवस्थामा पनि हेर्न सकिन्छ। ऊध्र्वमुख मुद्रामा हातको बूढी औलाको एक अंगुल तल तर्जनी, (चोर) मध्यमा (माझी) र अनामिका (साहिँली) औँला स्त्रीको बाया हात वा पुरुषको दायाँ हात राखेर हेर्ने गरिन्छ। हत्केला ठीक तल मणिबन्ध रेखा केही बाहिर औंलाको स्पर्शको आधारमा हेरिन्छ। नाडी चलेको थाहा पाउन सकिएन भने केही तलमाथि सारेर पत्ता लगाउन सकिन्छ।

शारीरिक दोष अनुसार नाडीको गति हुन्छ। तर्जनी औलाका ठीक मुनि वायु, मध्यमा मुनि पित्त, अनामिकामुनि कफ नाडी हुन्छ। वात, पित्त, कफ शरीरका त्रिदोष धातु मानिन्छन्।

तीन औलाले नाडी छाम्दा माझी औलाले पित्त भए नभएको जानकारी दिन्छ। पित्तमा नाडी तीव्र गतिले चल्दछ। वात, पित्त र कफ स्वभाव, शारीरिक बनावट, पाचन शक्ति, विचार, क्षमतासित पनि जोडिएका छन्। सामान्यतः नाडी परीक्षण विधिद्वारा यस्ता व्यक्तिहरूको पहिचान हुन्छ। आजभोलि यसलाई स्वास्थ्यसित गभ्भीर रूपले जोडेर हेरिन्छ। जाडो मौसममा कफ बढ्ने सम्भावना अधिक रहन्छ। खानेकुराका आधारमा यिनैको प्रभाव शरीरमा देखिन्छ। पित्तयुक्त नाडी तीव्र गति, उच्च स्पन्दनयुक्त चल्ने हुन्छ । यसको साथै यो केही अन्तरालमा तलमाथि गरेर चल्ने स्वभाव हुन्छ। कफको नाडी भने स्थिर खालको हुन्छ। यो हाँस, परेवा वा हात्तीको चाल समान चल्दछ। वातको नाडी भने दायाँबायाँ गर्ने सर्पको गतिजस्तै गरेर चल्दछ। मृत्युवरण गर्ने बेलामा नाडीको गति पटकपटक कम्पन हुन्छ। पातलो धागो समान सूक्ष्म स्पन्दन, अर्थात कमजोर हुन्छ। जब शरीरको ताप अधिक हुन्छ। नाडी ठण्डा देखिन्छ वा शरीर ठण्डा वा नाडीमा ताप हुन्छ भने मृत्युसूचक नाडी भनिन्छ। यस प्रकारको नाडीको गति बारबार र छिटोछिटो बदलिरहन्छ।

वातले दिशापिसाव, पसिना, वीर्य, गर्भ आदि निकाल्ने, पचाउन सहयोग गर्ने, शरीरको गति जस्तैः श्वासप्रश्वास, मुटुको धड्कन, मांसपेशी खुम्च्याउने, दिमागसम्म खबर लैजान सक्रिय भूमिका खेल्दछ। त्यसरी नै शारीरिक तापक्रम कायम राख्ने, दृष्टि बलियो बनाउने, छालाको रंग यथावत राख्ने, रूचि जगाउने, साहसिक कार्य गर्ने पित्त दोषको कार्य हो। कफ तीन दोषमध्ये भारीपन हुन्छ। यसले वात र पित्त दोषलाई सन्तुलनमा ल्याउन मद्धत गर्दछ। शुक्रकीट र अण्डा बीच निशेचन क्रिया हुँदा युग्मज बन्दछ। यदि त्रिदोष सन्तुलित अवस्थामा छ भने स्वस्थ्य बच्चा जन्मन्छ, अन्यथा गर्भधारण नहुन पनि सक्छ वा विकृत बच्चा जन्मन्छ। तसर्थ जन्मदेखि नै यी त्रिदोषको अत्यन्तै महत्त्व रहेको हुन्छ।

कफबद्र्धक खानेकुराको सेवन भएमा घाँटी खसखसाउने, खोकी लाग्ने, श्वास बढ्ने, नदेखिएको टन्सिल देखिने, सुनिन्ने र दुख्ने समेत हुन्छ। यतिमात्र नभई मुखमा र्याल र थुक भरिरहने र दमको लक्षण देखा पर्दछ। पेट गरूङ्गो हुने, भोक नलाग्ने, रूघाखोकी र चिसोको प्रभाव परिरहन्छ। शरीर सुस्त र आलस्यपूर्ण हुने, दिसा घरीघरी लाग्ने, डकार आइरहने, गलामा कफ टाँसिएजस्तो हुने, निद्रा लागेजस्तो मात्र भइरहने, अल्छी लाग्ने जस्ता लक्षणहरु देखा पर्दछन्। त्यसरी नै अल्लि बढीमात्रामा कफ जम्न गएमा टाउको भारीजस्तो हुने, कानमा साइरन या घण्टी बजेजस्तो आवाज आइरहने या कान डम्म थुनिनेजस्ता लक्षणहरु देखा पर्दछन्। कफ विशेषतः बिहानबेलुका ६ बजेदेखि १० बजेसम्म हुन्छ, अर्थात् यस समयमा यसको प्रभाव देखिन्छ।

शरीरमा कफ बढेर गएमा आँखा, पूरै शरीरका अंगहरू, तथा मलमूत्रहरूको रंग सेतो हुन्छ, जाडो भइरहेको अनुभूति हुन्छ, शरीरमा भारीपन हुने, खिन्नता हुने, निद्रा लाग्ने, जोर्नीहरूमा खुकुलोपन हुने आदि लक्षण हुन्छ। स्वभाव अनुसार पनि कफ प्रकृतिका व्यक्तिलाई चिन्न सकिन्छ। यस प्रकृतिका मान्छे काला वर्ण, सुन्दर र चिल्ला देखिन्छन्। शरीर मोटो हुन्छ, आँखा सेता हुन्छन्। यस्ता व्यक्तिहरू गम्भीर कुरा गर्ने, संगीत मन पराउने, सहनशील भोगी हुन्छन्। आयुवेर्दले कफ बुद्धिप्रधान व्यक्तिहरूको पनि पहिचान गरेको छ। यस अनुसार उत्तेजनात्मक प्रवृत्तिका हुन्छन्। प्रेमपूर्ण वात्सल्य, इच्छा शक्तिपूर्ण, भावुक र नरम खालका हुन्छन्। तर कहिलेकाही यिनीहरू काम र लोभले पनि ग्रसित हुन्छन्। नयाँ परिस्थितिमा अनुकूल हुन मुस्किल पर्दछ। यिनीहरूका धेरै साथीहरू हुन्छन्, परिवार, धर्म र राष्ट्रका नजिकका साथसाथै व्यवहारिक हुन्छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालमा संवैधानिक विकास–स्थायित्व र चुनौती

संविधान दिवस भित्रका कुरा

संविधानको वरिपरि विचरण गर्दा

नेपाली काँग्रेसको दोस्रो जनजागरण अभियान

शिक्षा दिवस, निजामती दिवस र पुरस्कार

प्रमुख समाचार

विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

थप प्रमुख समाचार