गाईको सेवाले ब्रह्मज्ञान

Avatar रुकुलप्रसाद भण्डारी
फागुन ६, २०७५

धैरै पहिले उपनिषदकालको कुरो हो यसै जम्बुद्वीप भरतखण्डमा एक बहुतै बद्विमान बालक थिए जसको नाम थियो–सत्यकाम।  जब यी बालक विद्याध्ययन गर्न योग्य उमेरका भए तब एक दिन उनले अफ्नी आमासित सोधे–हे पूज्या ! म गुरुकुलमा ब्रह्मचर्यवास एवं विद्याध्ययन गर्न चाहन्छु।  त्यहाँ गएपछि गुरुकुलका कुलपति आचार्यले मेरो गोत्र सोध्ने छन्, मैले बताउनु पर्ने छ।  अतःमाता, मेरो गोात्र के होला बताइदिनुहोस् ?

पुत्रको प्रश्नमाथि ध्यानदिँदै आमाले भनिन्–बाबु मलाई तिम्रो पिताजी संग गोत्र सोध्ने अवसर पनि मिलेन, किनकि ती दिनहरुमा म सधँैजसो आफ्ना अतिथिहरुकै सेवामा खटिरहेकी हुन्थँ, यसैले तिम्रो गोत्र  यही नै हो भन्न सक्ने स्थिति भएन।  बरु मेरो नाम ‘जाबाला’हो तिम्रो नाम ‘सत्यकाम’। अतःजाबालाको पुत्र सत्यकामजाबाल भनी आचार्यसँग आफ्नो परिचय दिनू भनिन्।  माताको आज्ञालाई शिरोधार्य गर्दै बालक सत्यकाम हरिदुमत गौतम ऋषि समक्ष पुगी नम्र स्वरमा भने–भगवान् ∕ म ब्रहमचर्यपूर्वक हजुरको सेवागर्न चाहन्छु, अवसर प्राप्त ह्वोस्।  आचार्य ऋषि गौतमले सोधे–बालकतिम्रो गोत्र के हो, बताऊ।

सत्यकामले भने–भगवन् यही कुरा मैले आफ्नी आमासंग पनि सोधँ उहाँले ‘तिम्रो गोत्र यही हो भनी म भन्न सक्दिन।  मेरो नाम जाबाला हो, तिम्रो नाम सत्यकामहो अतःतिमी मेरो छोरा भएकाले तिम्रो नाम सत्यकाम जावाल हो’ भन्नुभयो।  यसैले हे भगव्न म सत्यकाम जावाल हुँ।  आचार्य गौतमले भने–यदि ब्राह्मण नभएको भए यस प्रकारले स्पष्ट संग आफ्नो कुरो नछिपाई राख्ने थिएनौ, तिमी आफ्नो सत्यतादेखि विचलित भएनौ, सत्य बोल्यौ, हे सौम्य गएर समिधा लिएर आऊ, म तिमीलाई यज्ञोपवीत संस्कार गरी दीक्षित गर्ने छु।  सत्यकामको  उपनयन कार्य सम्पन्न भएपछि गौतम गुरुकुलका गाईहरु मध्येबाट दुबला, पातला र बलहीन चारसय (गाई र साढेहरु समेत) लाई अलग गरी गुरु गौतमले भन्नु भयो–वत्स, तिमी यी गाईहरु वनमा चराउन लैजाऊ।

जबसम्म यिनीहरुको संख्या एक हजार हुँदैन तबसम्म तिमीले यिनीहरुलाई फर्कार्एर नल्याउनू।  सत्यकामजाबालाले भने–भगवन् यिनीहरुको संख्या जब सम्म एकहजार पुग्दैन, तबसम्मगाईहरु लिई आउने छैन भनी गुरु आज्ञालाई शिरोधार्य गर्दै ती छुट्याइएका सबै गाइहरुलाई लिई सघन वनमा पसे–।

सत्यकाम जाबाल हमेशा गाईहरुकै साथमा रहनथाले, तनमनका साथ सबै गौहरुको सेवागर्दथे।  दुब्ला, पातला र बलहीन गौहरु क्रमशः मोटाघाटा र बलवानबन्दै आइरहेकाथिए, गौहरुको संख्या पनि थपिदै थियो।  यस प्रकार विभिन्न क्षेत्रमा गौहरुको पछिलाग्दै निकै वर्ष बिते।  अनि गौहरुको संख्या पनि एक हजार पुग्यो।

घाँसको मैदानमा सबै गौहरु चरिरहेकाथिए, एक वृषभले सत्यकामका नजिकै आई उसले बुझ्ने भाषामा आश्चर्यका साथ भन्न थाल्यो हे वत्स ∕ हाम्रो संख्या एक हजार पुग्यो,अब तिमीले हामी सबैलाई आचार्यकुलमा पुर्याईदेऊ।  ब्रह्मतत्वको सम्बन्धमा तिमीलाई खुसीसाथ एक चरणको उपदेश म दिन्छु ल सुन भन्दै व्रह्मको एक पाउ उपदेश दियो।  अनि भन्यो दोस्रो चरणको ज्ञान तिमीलाई अग्निले बताउनेछन्।

वृषभका कुरा र ज्ञानले आश्चर्यकापूर्वक खुसी हुँदै उसको भनाईलाई पछ्याउँदै सत्यकाम गौहरुलाई खेद्दै गुरुकुलतर्फ गइरहेकाथिए।  हिँड्दा हिँड्दा  साँझ पर्न थालेकोले खोलाको बगर छेउ गाईहरु रोकी पानी ख्वाई त्यो रात त्यहीँ बिताउने सोचले आडैको वनबाट सुकेका दाउरा बटुली आगो बाले।  आगो कै रुपमा अग्निदेव प्रकट भै “हे सत्यकाम म तिमीलाई ब्रह्मको द्वितीय पाउ बताउँदैछु ध्यानदिएर सुन”भन्दै दोस्रो पाउको उपदेश दिए।  सत्यकामखुसीले गद्गद् थिए।

दोस्रो दिन सांयकाल सत्यकाम पुनःकुनै सुन्दर जलाशयको किनारमा गौहरुकासाथ रात्रिनिवासको व्यवस्थामा रहे।  त्यही समय एक  हाँस उड्दै आएर सत्यकामका नजिकै बसी निजले बुझ्ने भाषामा ब्रह्म ज्ञानको तेस्रो पादको उपदेश दियो र उड्यो।  सत्यकाम पनि आश्चर्यकासाथ खुसीले गद्गद् थिए।

भोलिपल्ट उज्यालो भएपछि आफ्ना सबै गौहरु खेद्दै अगाडि गुरुकुलतर्फ बढ्दै आउने क्रममा तेस्रो दिन सांयकाल सत्यकामले एक वटवृक्ष मुनि गौहरुको रात्रि निवासको व्यवस्था गरे।  त्यहाँ पात पतिङगर र दाउरा खोजी अग्निजीलाई बसिरहेको अवस्थामा एक जलमूर्ग नामको पक्षीआई सत्यकामले बुझ्ने भाषामा भन्यो–वत्स म तिमीलाई ब्रह्मको चतुर्थपदको उपदेश दिनआएको हुँ ल ध्यान दिएर सुन भन्दै सो ज्ञानको उपदेश दियो।

यसप्रकार भगवान्का कृपाले विभिन्न प्राणीको रुपका माध्यमबाट सत्यकामले ब्रह्मको चारै पाउको उपदेश प्राप्त गरे।  गौ सेवाकै कारण दैवी शक्तिको माध्यमबाट उनले पूर्णरुपमा ब्रह्मज्ञान प्राप्त गरिसकेका थिए।  जब उनी आफ्ना गौहरु सहित गुरु गौतम कहाँ पुगी गुरुका पाउमा मस्तक राख्दै नम्र स्वरमा भने–भगवन् ∕ गौहरुको संख्या एक हजार देखि अधिकै छ कमी छैन भने।  तब गुरु गौतमले  उनको चिन्ता रहित तेजपूर्ण र दिव्य मुखकान्ति देखेर भन्नुभयो–सौम्य सत्यकाम, तिम्रो मुहार त ब्रह्म तेजले भाषित छ।  तिमीलाई कसले उपदेश दियो ?

सत्यकामले भने–भगवन् मलाई कुनै मनुष्यले उपदेश दिएका छैन्न भन्दै आफूले पाएका उपदेशको सबै विवरण गुरु समक्ष निवेदन गरे र भने भगवन् कृपया हजुरले उपदेश दिनुहोस्।  मैले हजुर जस्तै गुरुजनहरुसँगबाट सुनेको छु कि आचार्यसंगबाट नै प्राप्त गरिएको विद्या अधिक कल्याणकारी हुन्छ।  आचार्य निकै प्रसन्न हुँदै भने वत्स तिमीलाई जे ज्ञान प्राप्त भयो त्यही नै ब्रहम तत्व हो।  तिमीले जे जति ज्ञान प्राप्त गर्यौ त्यसभन्दा बढी केही पनि बाँकी छैन।  तिमी ज्ञानले पूर्ण भएका छौ।  यदि यही ज्ञान पुनः दोहोर्याउन चाहन्छौ भने म तयार छु।

लेखक, विश्वहिन्दू महासङघ कास्कीका सल्लाहकार हुन्। सं.

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

तङ्ग्रिदै सामुदायिक विद्यालय

प्रेसविरोधी विधेयक खारेज गरिनुपर्छ

स्थानीय सरकारलाई चटारो

के हामी ठीक बाटोमा छौँ?

भगवान् श्रीकृष्ण सबैका साथी

प्रमुख समाचार

जीप दुर्घटना ८ जना वेपत्ता

थप प्रमुख समाचार

मापदण्ड भित्रको पर्खाल भत्काइयो

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

सञ्चयकोषको सेवा विरौटाबाट सुरु