किन बनेन नयाँ नेपाल ?

yuwarajpoudel युवराज पौडेल
माघ ११, २०७६

भर्खरै मात्र उखु उत्पादन गर्ने किसानहरु चिनी मिलका साहुहरुले उखुको पैसा नदिएर राजधानीमा आएर आन्दोलन नै गरे । सरकारले किसानहरुलाई आश्वासन दिएर पठायो । तर आजसम्म सबै रकम किसानहरुले पाउन सकेका छैनन् । किसानहरु सरकारले आफूलाई झुक्याएको कुरा गरिरहेका छन् । साहुहरु रातारात धनी हुन्छन् तर उत्पादन गर्ने किसान ऋणमा डुबेर बिचल्लीमा पर्छ ।

नयाँ नेपाल किन बनेन भन्ने सन्दर्भमा विभिन्न समयमा विभिन्न तरिकाले छलफल विमर्श भइरहेका छन् । नेपाल किन बनेन भन्ने बहस गणतन्त्र स्थापनापछि अझ बढी सतहमै छलफल भएको विषय हो । गणतन्त्रपछि नेपाललाई ‘नयाँ नेपाल’ भन्ने पनि गरिएको छ । नेपाल किन बनेन भन्ने बहस नेपालको भौगिोििलक सन्दर्भसँग नभएर मूलतः यसको आर्थिक विकासको सन्दर्भसँग जोडिएको छ । आर्थिकसँगै सामाजिक तथा सांस्कृतिक सुधार पनि यही वहसको वरिपरि छन् ।
किन आजसम्म मुलुक अविकास र पछौटेपनमा रह्यो ? किन यत्रो शताब्दीयौँ सम्म मुलुकले कोल्टो फेर्न सकेन ? यो मूलतः खोज अनुसन्धानकै विषय हो, तापनि आजसम्म उपलब्ध तथ्यहरुका आधारमा यसका केही कारणहरु निकाल्न सकिन्छ
(१) राजनैतिक अस्थिरता ः राणाशासनकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, गणतन्त्रकाल यी सबै कालखण्डहरुमा व्यतित समयलाई हेर्दा विकासका लागि यो थोरै समय होइन । सिंगापुर, मलेसिया, दक्षिण कोरियाले लगभग एक दशककै समयमा आफूलाई अविकसित देशबाट विकसित देशमा परिणत गरे भने हाम्रो सयौँ वर्षको उर्वर समय त्यत्तिकै खेर गयो । निरङ्कुशताका कारण विकास भएन भन्ने भाष्य प्रजातन्त्रवादीहरुले निर्माण गरेका थिए ।
राणा शासन अपारदर्शी, एकतन्त्रीय, जहानियाँ र निरङ्कुश चरित्रको भएकाले मुलुकमा विकास र समृद्धिको यात्रा अगाडि बढेन । एउटा सिङ्गो शताब्दी सत्तामा राइँदाइँ गरेका राणाहरुले घण्टाघर, वीर अस्पताल, दरबार हाइस्कुल, धरहरा र केही राजमार्गहरुको निर्माण गरेर इतिहासको कालो पर्दालाई छोप्ने प्रयास गरे । राणाहरुले गरेका काम उनीहरुले पाएको समयका तुलनामा केही पनि थिएनन् । तर कतिपयले आज पनि राणाहरुको विकासको बखान गर्ने गरेका छन् ।
प्रजातन्त्र स्थापना भएको एक दशक नबित्दै राजाको प्रत्यक्ष शासन सुरु भयो । तीस वर्षे पञ्चायती शासनको अँध्यारो सुरुङको यात्रा मुलुकले बेहोर्नुप¥यो । यद्यपि निरङ्कुश भए पनि राजा महेन्द्रका केही काम आज पनि दुरगामी महत्वका मानिन्छन् । राष्ट्रियता र विकासको सन्दर्भमा उनले चालेका केही कदमहरुका कारण विकासवादी र राष्ट्रवादी राजाका रुपमा समेत उनको चर्चा हुने गरेको छ ।
बहुदलीय प्रजातन्त्रको स्थापनापछि जुन राजनैतिक स्थिरताको आशा गरिएको थियो, त्यो कांग्रेसभित्रको आन्तरिक कलह र गिरीजा प्रसाद कोइरालाको महत्वाकांक्षी चरित्रका कारण समाप्त भयो । त्यसपछि बहुमत र अल्पमतका खेलहरु चलिरहे । सांसद क्रय विक्र्रयका खेल समेत भए । राप्रपा, सदभावना लगायतका दलहरुलाई लिएर कहिले एमाले सरकारमा जाने पालैपालो देशमा अस्थिर सरकारहरु चलिरहे । ती कुनै पनि सरकार लामो समय टिक्न सकेनन् । एउटा सरकारमा जाने बित्तिकै अर्काले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढलाउने प्रपञ्च र नौटङ्कीहरु जनताले मन नपरी नपरी पनि हेर्नुप¥यो ।
एउटा सरकारले ल्याएको योजना, नीति तथा कार्यक्रम अर्काे सरकार आउने बित्तिकै फेर्ने र आप्mनो पक्षमा बनाउने प्रवृत्तिका कारण विकासमा अस्थिरता देखापरिरह्यो । नेपालको संसदीय इतिहासमा गिरिजा प्रसाद कोइरालाको सरकारदेखि राजाको सक्रिय शासनकालसम्म भएका सरकार परिवर्तनका फोहोरी खेलहरुले संसदीय प्रजातन्त्रप्रति नै जनताको निराशा बढ्यो । विकास निर्माणका कामहरु रोकिए । गणतन्त्र स्थापनापछि पनि राजनैतिक अस्थिरता एक दशकसम्म झनै बढ्यो । सङक्रमणकाल भन्दै दशकौसम्म एक थान संविधानका लागि मुलुकले ऊर्वर समय खेर फाल्यो ।
वर्तमान नेकपाको सरकार नेपालको इतिहासकै वीपी कोइराला सरकारभन्दा पनि बलियो सरकार मानिन्छ । दुई तिहाई बहुमत सहितको यो सरकारले दुई वर्ष बिताइसक्दा पनि जनताका पक्षमा, विकास निर्माणका पक्षमा उल्लेख्य काम गर्न सकिरहेको छैन । संघ, प्रदेश र स्थानीय निकायमा जतताततै नेकपाको सरकार छ, प्रतिपक्ष सबैभन्दा कमजोर अवस्थामा छ, विदेशी सहयोग जारी छ, जनताले साथ दिएका छन् तर पनि सरकारले सडकका खाल्डा समेत पुर्न नसक्ने निरीहता प्रदर्शन गरिरहेको छ ।
(२) युद्ध र द्वन्द्वको अवस्था ः वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले संसदीय राजनीतिप्रति असहमति जनाउँदै जनयुद्ध सुरु ग¥यो । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको युद्ध र हिंंसामा सत्र हजार नेपाल आमाका छोराछोरीहरुले ज्यान गुमाए । एक दशक लामो यो हिंसामा थुप्र्रै सरकारी भौतिक संरचना जस्तै प्रहरी चौकी, अस्पताल, सञ्चार टावर, जिल्लाका सरकारी कार्यालय लगायत थुप्रैमा अपूरणीय क्षति भयो । देशभरि त्रासको वातावरण भएकाले विदेशी लगानी आकर्षित गर्न सकिएन । युद्धले गर्दा उद्योगधन्दाहरु चन्दा आतङ्क र नेपाल बन्दको निशानामा परे । भएका उद्योगहरु पनि धराशायी भए भने नयाँ उद्योगधन्दा खोल्ने वातावरण बन्न सकेन । नागरिकले विकासभन्दा पनि जीउज्यान जोगाउने कुरालाई प्राथमिकता दिनुप¥यो । यो समयमा नेपाल बन्द एउटा फेसनकै रुपमा देखापरिरहेको थियो ।
माओवादीहरुले आप्mनो राजनैतिक अभीष्ट पूरा गराउनका लागि सुरु गरेको नेपाल बन्दलाई पछि सबै दल, समूह, व्यक्तिले अवलम्बन गर्दे जाँदा नेपाल आर्थिक रुपले विपन्न बन्दै गयो । सरकारले हतियारमा, प्रहरी तथा सेनाको अतिरिक्त व्यवस्थापनमा ठूलो धनराशी खर्च गर्नुप¥यो । यसका कारण सबै विकास निर्माणका गतिविधि प्रभावित भए माओवादी र अन्य दलको द्वन्द्वका कारण संविधान बन्न एक दशक समय लाग्यो । सङ्क्रमणकालको बहाना बनाएर नेताहरुले देशलाई प्रयोगशाला बनाए । एक थान संविधान जारी गर्न पनि दशकौ उर्वर समय खेर फाल्नुपर्ने बिडम्बनामा देश पुग्यो । राजनैतिक दलका ससाना स्वार्थ नमिल्दा देशले गणतन्त्रपछि पनि लगातार दुःख पाइरह्यो ।
(३) अधिकारको खोजी, कर्तव्यको बेवास्ता ः नेपालमा तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएपछि अधिकार प्राप्तिको बहस र लडाँइ सशक्त बन्यो । मूलतः माओवादीहरु युद्धमै नागरिकका अधिकारका कुरा गर्थे । महिला, दलित, गरीबहरुलाई एकप्रकारको राजनैतिक चेतना भर्ने काम उनीहरुले गरेका थिए । जुनसुकै उद्देश्यका लागि गराएको भए पनि यो आफैमा सकारात्मक थियो । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालीन सात दल र माओवादीबीच बाह््र बुँदे सम्झौता भयो ।
आन्दोलनले दुई सय चालीस वर्ष पुरानो राजतन्त्रलाई ढलाएपछि सबै मानिसमा मागे र लडे जे पनि पाइन्छ भन्ने मानसिकता पैदा हुँदै गयो । सबै अधिकारका लागि सडकमा आउन थाले । कहिले जनजातिका नाममा, कहिले महिलाका नाममा, कहिले आदिवासीका नाममा, कहिले पेशागत सँगठनका नाममा, कहिले मजदुरका नाममा, कहिले खस आर्यका नाममा आन्दोलनै आन्दोलन भए । यो समयलाई आन्दोलनकोे युग भन्दा पनि फरक नपर्ला । राजनैतिक सङ्क्रमणको अवस्थामा मुलुकका कुनाकुनामा नागरिक आन्दोलित हुन थाले ।
तत्कालीन माओवादीले जातीय नारा ल्याएर जातजातिका बीचमा खलबल पार्ने कोशिश ग¥यो । प्रत्येक जातिलाई सीप, श्रम, रोजगारी र विकास दिनुपर्ने ठाउँमा जातीय राज्य दिने सपना देखाउँदै शताब्दीऔँदेखि एकताबद्ध समाजलाई विखण्डन गर्ने दुष्प्रयास समेत भए । कहिले अखण्ड सुदुरपश्चिम त कहिले तमुवान, कहिले आत्मनिर्णयसहितको राज्यका नाममा अनेक खालका आन्दोलन र हड्तालका गतिविधिहरु भए, जसका कारण विकासका सबै गतिविधि ठप्प भए । सबै अधिकारमात्र खोज्ने तर कसैले कर्तव्य पुरा नगर्ने वातावरण पैदा भयो । आफूले अधिकार माग्दै गर्दा अर्काको अधिकारको हनन भयो कि भएन भनेर कसैले विचार गरेन ।
आन्दोलनका नाममा पृथ्वीनारायण शाह, राजा महेन्द्र लगायत थुप्रै ऐतिहासिक व्यक्तित्वका सालिकहरु भत्काउने, इतिहासको अपमान गर्ने, जातिजातिबिच खलबल पार्ने, जातीय राज्य बनाउने लगायतका प्रयासहरु समेत भए । विकासलाई विषयान्तर गरेर अन्यत्रै अनावश्यक विषयमा देशलाई लैजाने काम नेताहरुले गरेका कारण यो समय पनि नेपालले अविकास र गरीबीको चरम अवस्थाबाट त्राण पाउने कुनै बाटो समात्न सकेन । राजनैतिक जार्गनहरुको शब्दखेलको माखेसाङ्लोमा जनतालाई भुलाएर विकास र समृद्धिलाई विषयन्तार गर्न छट्टु नेताहरु सफल भए । परिणाममा हेर्दा केही हदसम्म जनताको राजनैतिक चेतनाको स्तर त बढ्यो, तर विकास र समृद्धिको चाहना फेरि पनि आकासकै फल भयो ।
(४) शिक्षा नीति र नागरिकको कमजोर चेतना ः नेपालको आजसम्मका सबै युद्ध, द्वन्द्व, अविकास, अस्थिरता र अराजकताको मूल कारण हाम्रो शिक्षा नीति हो । हाम्रो शिक्षा नीतिले नागरिकलाई देशभक्ति सिकाएन । सीप र श्रमसँग शिक्षा जोडिएन । घोकन्ते पद्धतिका कारण बच्चाहरुको सिर्जनशीलता समाप्त भएकाले नेपालले वैज्ञानिक, आविष्कारक, ठूला अनुसन्धानकर्ता, असल नागरिक जन्माउन पाएन । सीप र श्रमसँग नजोडिएकाले युवाहरु शैक्षिक बेरोजगार भएर अनावश्यक आन्दोलन र अराजक क्रियाकलापमा भाग लिने अवस्था आयो ।
शिक्षाले नैतिक मूल्य सिकाएन । अधिकार खोज्न मात्र सिकायो, कर्तव्य पूरा गर्न सिकाएन । राज्यप्रति असहिष्णु र अनुदार बनाउने मात्र काम ग¥यो । हाम्रो शिक्षाले नागरिकमा ‘राज्यले मलाई के दियो’ भनेर हेर्ने संस्कार दियो तर ‘राज्यलाई वा समाजलाई मैले के दिएँ’ भनेर हेर्न,े आत्ममूल्याङ्कन गर्ने नागरिक जन्माएन । शिक्षा प्राप्त गरेपछि मैले मेरो देश र समाजमा केही योगदान दिनुपर्छ भन्ने भावना र सोच हाम्रो शिक्षाले दिन सकेन । ‘जसरी हुन्छ पैसा कमाऊ’ ‘पैसा कमाएपछि जे गरे पनि हुन्छ’ भन्ने तरिकाको शिक्षा दिइयो । श्रमप्रति सम्मान गर्न सिकाइएन ।
स्कुलबाटै नेबिसंघ र अनेरास्ववियुका झण्डा बोक्ने, शिक्षकलाई अभद्र व्यवहार गर्ने, कोठामा थुन्ने, परीक्षामा नपढेको आयो भने प्रश्न च्यात्ने तरिकाको संंस्कार सिकाएपछि परिणाम राम्रो हुने कुरै थिएन । स्कुल कलेजहरु पढ्नेभन्दा राजनीति गर्ने प्लेटफर्म भए । हाम्रो शिक्षा नीतिमा संस्कारलाई भन्दा सूचना वा ज्ञान प्राप्तिलाई जोड दिइयो । मूल्य मान्यतासहितको देशभक्त नागरिक तयार गर्ने कुरालाई कम प्राथमिकता दिइएका कारण आज राज्य लुट्नेहरु यत्रतत्र देखिन्छन् ।
राज्यको सम्पत्तिको माया गर्ने नागरिक खोइ ? राज्य मेरो हो, राज्य धनी भए मलाई फाइदा हुन्छ भन्ने सोच्ने त्यो चेतनास्तरको नागरिक खोइ ? राज्यको सम्पत्ति वा सार्वजनिक सम्पत्तिप्रति गर्व गर्न नसक्ने नागरिकले देश विकासमा कसरी योगदान गर्न सक्छ ? आज देशमा सबैभन्दा विकृति भित्रयाउने शिक्षित हो कि अशिक्षित ? गाउँमा बस्ने अनपढ मानिसले राज्यलाई कहाँ बिगारेको छ ? निश्चय नै यो गम्भीर विषय हो ।
घोकेर जाँच पास गर्ने अनि नम्बर ल्याएपछि जे गरे नि हुन्छ भन्ने खालको मानसिकताका कारण आज अराजकताले सीमा नाघेको छ । जिन्दगीका मूल्य मान्यता र संस्कारसँग सिकाइ प्रक्रिया तथा मूल्याङ्कन प्रक्रिया जोडिनुपथ्र्याे तर त्यसको ठीक विपरित सानैमा एक अर्काप्रति अस्वस्थ प्रतिस्पर्धा गर्न लगाउने, एकले अर्काेप्रति द्वेष राख्ने अवस्था सिर्जना गर्ने तथा दण्डलाई अत्यधिका जोड दिने शिक्षा नीति र पद्धतिका कारण आज जताततै असल, आदर्श र सचेत नागरिकको खडेरी परेको महसुस भइरहेको छ । हाम्रो शिक्षा नीति र संरचनाको जगमै यसप्रकारको त्रुटि भएका कारण नयाँ नेपाल केवल एकादेशको कथामात्र बनिरह्यो ।
(५) भ्रष्टाचार ः नेपाल अविकसित हुनुमा एउटा प्रमुख कारण भ्रष्टाचारको नियन्त्रण गर्न नसक्नु हो । नेपालमा भ्रष्टाचार अत्यधिक रुपमा बढिरहेको विभिन्न तथ्याङ्कहरुले स्पष्ट पारिरहेका छन् तर पनि भ्रष्टाचार रोक्नेतर्फ सरकारी पहल चुस्त भइरहेको छैन । भ्रष्टाचारको जालो सरकार प्रमुखदेखि स्थानीय निकायसम्म फैलिएको तथ्यहरु बाहिरिएकै छन् । राजनीति गर्नेहरु सेवाका लागि नभएर कमाउनका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । एउटा वडाध्यक्ष जित्न पचासौँ लाख खर्च गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ ।
ठेकेदार, व्यापारी, तस्कर र कर्मचारीको सञ्जालमार्फत् भ्रष्टाचारका ठूलाठूला घोटाला भइरहँदा पनि कसैले केही गर्न सकेको छैन । भ्रष्टाचार हेर्ने जिम्मेवारी पाएका अख्तियार अनुसन्धान आयोग लगायतका निकायहरु आफै भ्रष्टाचारमा लिप्त छन् । घुस नदिई कुनै सरकारी कार्यालयमा जनताको काम हुँदैन । प्रहरीका आईजिपीहरु नै ठूलाठूला काण्डमा मुछिन्छन् । भित्र भित्र चलखेल हुन्छ, आइजिपी बनाउँदा पैसाको बोरा लिएर जानुपर्छ भन्ने कुरा स्वयम् प्रहरीहरु नै बताउँछन्, सरकारी जमिन नेता र ठूलाठालुले मिचेर आप्mना नाममा दर्ता गराउँछन् ।
टुडिँखेलको जमिन मिच्छन्, तेत्तीस किलो सुन खाएर पचाउन सक्छन् । राज्यलाई आवश्यकै नभएका वाइड बढी जहाज कमाउनका लागि किनिन्छन् । जति घुस खाए पनि, जति राज्यको सम्पत्ति लुटे पनि कसैलाई कारबाही नहुने, कोही जेल जानु नपर्ने, गईहाले पनि शक्तिका भरमा छुटिहाल्ने प्रवृत्तिका कारण देश हरितन्नम भइरहेको छ । एनसेल जस्ता ठूलाठूला कम्पनीले राज्यलाई कर नतिर्ने बरु दलका नेतालाई कमिसन दिने देशमा विकास र समृद्धिको कल्पना कसरी गर्न सकिन्छ र ?
राजनैतिक दलका लाखौँ कार्यकर्ताहरु बाहिर देखिने कुनै पेशा व्यवसाय केही नगरीकन पनि विलासी जीवन बिताइरहेका छन् । राजनैतिक दलहरुको आम्दानी र खर्चको हिसाबकिताब पारदर्शी हुँदैन । ठूला ठूला घोटालामा तिनको संलग्नता पुष्टि भइरहँदा पनि तिनीहरुलाई कुनै निकायले कारबाही गर्ने हिम्मत गर्देन । लोकतन्त्रको यो भन्दा भद्दा मजाक अरु के हुन सक्छ ? एउटा सुब्बाले पाँच वर्षमै करोडौँ रकम कमाउँछ, एउटा भन्सारको अधिकृतले काठमाडांैमा चारचार ओटा घर बनाउँछ, तर आम जनताको जीवनस्तरमा कुनै परिवर्तन आउँदैन । जनता एकछाक खानका लागि रातदिन मिहिनेत गर्दा राज्यलाई लुट्नेहरु रातारात अरबपति बनिरहेका हुन्छन् ।
यस्तो भ्रष्टाचारले आक्रान्त भएको मुलुकमा विकास र समृद्धि सम्भव कसरी हुन्छ ? शायद आज देशमा त्यस्तो कुनै क्षेत्र छैन होला, जहाँ भ्रष्टाचार नभएको होस् । अझ संस्थागत भ्रष्टाचारको नेटवर्क माकुराको जालो झैं फैलिएको छ । अख्तियारलाई छल्न क्याबिनेटबाटै नीतिगत भ्रष्टाचार गर्ने प्रवृत्ति समेत देखिएको छ । समाजमा भ्रष्टाचारीहरुकै इज्जत बढी छ । ‘जसरी भए पनि पैसा कमाउनुपर्छ’ भन्ने मान्यताले यसमा काम गरेको छ । इमानदार तरिकाले श्रम गरेर पैसा कमाउनेहरुले आफ्नी श्रीमतीलाई वर्षको एक जोर गुन्यु फेर्न सक्दैनन् । एउटा कोट सिलाउन सालाको बिहे कुर्नुपर्छ तर दलाल, तस्कर, कमिसनखोर र भ्रष्टाचारीहरुले विनामिहिनेत रातारात अकूत सम्पत्ति कमाइरहेका हुन्छन् । अनि कसरी विकास र समृद्धि हासिल हुन्छ ?
(६) संस्कार र सोचमा समस्या ः आज हामी नेपाली ससानो कुरामा पनि राज्यको मुख ताक्ने भएका छौ । परनिर्भरताको मानसिकता त्याग्न सकेका छैनौँ । हामीलाई घर अगडिको फोहोर फाल्न पनि सरकार चाहिन्छ । आज चाहे त्यो जापान होस्, चाहे त्यो कोरिया वा सिंगापुर नै किन नहोस्, नागरिकले हात पट्याएर संसारको कुनै मुलुक सवृद्ध भएको इतिहास छैन । आफूले सक्ने सबै काम नागरिक आफैले गर्नुपर्छ भन्ने मानसिकता नबन्दा पनि हाम्रो देशको विकासले गति लिन सकेको छैन । ससाना बाटाघाटा, सरसफाई, वृक्षारोपण, उत्पादनका क्रियाकलाप आदिमा नागरिकले राज्यको मुख ताकेर बस्नु हुँदैन । नागरिक संलंग्न नभएको विकास दिगो पनि हुँदैन किनभने त्यो विकासमा उसले आफ्नो स्वामित्व अनुभूति गर्दैन ।
हामी नेपाली नागरिक विकास पनि भन्ने अनि व्यवहारमा विकास देख्न पनि नसक्ने खालका छौँ । हामीले विदेशीले बनाइदिएका अस्पताल केही वर्षमै कुरुप बनाउँछौ, स्कूल बिर्गाछौँ, बाटा भत्काउँछौँ । बाटोमा ट्राफिक सिग्नलका रुपमा राखिएका बत्तीहरु फोर्ने, लाईटहरु ऐनाहरु फुटालिदिने, सार्वजनिक पुस्तकालयबाट किताब चोर्ने जस्ता हाम्रा आनीबानीले हाम्रो कुसंस्कारलाई भलल्काउँछ ।
विकास र समृद्धि राज्य, सरकार वा केही मान्छेले आकाशबाट टिपेर दिने चिज होइन । यो त प्रत्येक नागरिकमा भर पर्ने कुरा हो । आफूलाई चाहिने विकास आफै गर्ने खालको वातावरण बन्नुपर्छ । नागरिकले नसक्ने ठूलाठूला काममा सरकारले जिम्मेवारी लिनुपर्छ । विकास पनि हामीकहाँ देखावटी प्रकृतिको छ । केही समय गरेजस्तो गर्ने, बनावटी गर्ने वा आँखामा छारो हाल्ने खालको छ । दिगो विकासको सोचाइबाट काम नै गरिन्न । बाटो पिच गरेको एक दुई दिनमै भत्किने, पक्की भनिएको पुल केही महिनामै भाँचिने, बनाइएका भवन केही समयमै चर्कने जस्ता कुरा हाम्रा लागि कुनै नौला विषय होइनन् ।
असल, संस्कारयुक्त र सभ्य नागरिक नभएसम्म विकास कोरा कल्पनामात्र हुन जान्छ । नागरिकले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्दैन । प्रहरी र कानुनप्रति मानिसमा सम्मान छैन । आत्मानुशासनको अभाव देखापरेको छ । चिनिया, जापानीज र कोरियन नागरिकहरु इमानदार, संस्कारयुक्त र अनुशासित भएकाले नै ती देशहरुले छिटो विकास र समृद्धिको लक्ष्य हासिल गरेका हुन् भन्ने तथ्यलाई हामीले पाठको रुपमा लिन सकेनौँ । संस्कार र मूल्यविनाको समृद्धि आफैमा अपूर्ण हुन्छ । संस्कार भन्ने कुरा हामी आफैले निर्माण गर्ने कुरा हो ।
घरको तलाबाट सडकमा फोहोर फालिदिने, जथाभावी बाटोमा थुकिदिने, प्लाष्टिकजन्य वस्तुहरु जथाभावी फालिदिने जस्ता खराब आनीबानीबाट हामीले आफूलाई बदल्नुपर्छ । ‘सार्वजनिक सम्पत्ति मेरो पनि हो’ भोलिको पुस्ताको लागि पनि यसलाई मैले जोगाउनुपर्छ’ भन्ने भावनाको विकास हुन नसक्नु नै सबैभन्दा दुर्भाग्यपूर्ण छ ।
(७) श्रमको अवमूल्यन ः नेपालमा झन्डै पचहत्तर प्रतिशत जनसंख्या कृषिमा आधारित हुँदाहुँदै पनि अर्थतन्त्रमा यसले खास योगदान दिन सकिरहेको छैन । कृषिमा लाग्ने मानिसहरुप्रति समाजमा हेरिने दृष्टिकोण आज पनि नकारात्मक छ । श्रम गर्नेहरुप्रति हेयको दृष्टिले हेर्ने सामन्तवादी सोच आज पनि कुनै न कुनै रुपमा कायमै छ । निर्वाहमुखी कृषि झन् दयनीय बन्दै छ । गाउँघरहरु रित्ता हुँदै छन् । कृषिले युवालाई रोजगारमा आकर्षित गर्न नसकेकै कारणले आज असी लाख युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् ।
राज्यले कृषिमा आधुनिकीकरण र व्यावसायीकरणका लागि ठोस पहल गर्न सकिरहेको छैन । कामलाई सानो ठूलो भनेर वर्गीकरण गर्ने प्रवृत्तिका कारण भारतका थुप्रै मानिसहरुले यहाँबाट विभिन्न पेशा व्यवसाय गरेर पैसा बटुलिरहेका छन् तर हामी उनीहरुले गर्ने कामलाई सानो ठान्छाँै । आज नेपालमा सबैभन्दा कमजोर हालत यदि कसैको छ भने त्यो कृषक कै हो । कृषकले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन सकिरहेको छैन । कृषिमा दलाल र बिचौलियाहरुको जबर्जस्त प्रवेश भइरहेको छ ।
भर्खरै मात्र उखु उत्पादन गर्ने किसानहरु चिनी मिलका साहुहरुले उखुको पैसा नदिएर राजधानीमा आएर आन्दोलन नै गरे । सरकारले किसानहरुलाई आश्वासन दिएर पठायो । तर आजसम्म सबै रकम किसानहरुले पाउन सकेका छैनन् । किसानहरु सरकारले आफूलाई झुक्याएको कुरा गरिरहेका छन् । साहुहरु रातारात धनी हुन्छन् तर उत्पादन गर्ने किसान ऋणमा डुबेर बिचल्लीमा पर्छ ।
राज्यले कृषकका पक्षमा आजसम्म कुनै गतिलो नीति ल्याउन सकेको छैन । व्यावसायिक कृषिमा लाग्ने युवाहरुलाई ऋण दिने भनेर सरकारले भने पनि व्यावहारिक रुपमा त्यो ऋण लिन निकै कठिन छ । विदेशी भूमिमा गएर कृषिसम्बन्धी व्यावसायमा काम गरेर फर्केका युवाहरुलाई नेपालमा आकर्षित गरी यहीँ कृषिमा लगानी गर्नका लागि उत्प्रेरित गर्ने खालको राज्यको व्यावहारिक नीति नहुँदा आज श्रम गर्नेभन्दा श्रम गर्नेहरुको पसिनामाथि रजाइँ गर्नेहरुको जमात बढिरहेको छ ।
(८) चरम राजनैतिक हस्तक्षेप ः नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक सेवाका क्षेत्रहरुमा हुने चरम राजनैतिक हस्तक्षेपका कारण देशले विकास, सुशासन र समृद्धिको सही बाटो पक्डन सकिरहेको छैन । विद्यालय र विश्वविद्यालय ज्ञान विज्ञान उत्पादन गर्ने कारखाना हुन् । विद्यालय र विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण हुनुपर्नेमा सबैभन्दा बढी राजनीति यिनै क्षेत्रमा हुनु आफैमा दुःखद् छ । विद्यालयमा तथा विश्वविद्यालयमा दलका भातृ संगठनहरु खोलिनु नै उपयुक्त छैन ।
पढ्ने र पढाउने ठाउँमा राजनैतिक सङ्गठन किन चाहियो ? के हाम्रा विश्वविद्यालयहरुमा आज कुनै विधि पद्धतिले काम गर्छ ? विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डीन लगायत उच्च पदमा पुग्नका लागि राजनैतिक दलका शक्तिशाली नेता वा गुटको चाकडी गर्नुपर्ने भएपछि त्यहाँ अध्ययन अनुसन्धानको वातावरण के होला ? हामी सहजै अनुमान लगाउन सक्छौँ ।
विद्यालयहरु सिकाइका असाध्यै संवेदनशील क्षेत्रहरु हुन् । विद्यालयभित्रको वातावरणले एउटा विद्यार्थीको जिन्दगीको रुपरेखा निर्धारण गरिरहेको हुन्छ । त्यस्तो ठाउँमा पनि हामीले राजनीति गर्न छाड्दैनौँ । त्यतिमात्र होइन, अस्पताल जहाँ राजनीतिको कल्पना पनि गरिन्न, त्यहाँ समेत खुरापाती राजनीति भइरहेको हुन्छ । अस्पतालका प्रमुख सरकारी पदहरुमा पनि कांग्रेस, कम्युनिष्ट भन्दै भागबण्डा लगाइन्छ । त्यहाँ पनि ठूलो कमिसनको खेल हुन्छ ।
मेडिकल माफियाहरुसँगको राजनीतिक नेतृत्वको नाजायज साँठगाँठका कारण पनि स्वास्थ्य क्षेत्रमा चरम विकृति फैलिएको छ । प्राइभेट अस्पतालहरुको मनपरीलाई राज्यले नियमन गर्न नसक्दा आम सर्वसाधारण मानिसका लागि उपचार असाध्यै महङगो साबित भएको छ । एउटा गरिबलाई किड्नी, मुटु वा यस्तै खर्चिलो रोग लाग्यो भने रुँदै चन्दा उठाउन सडकमा आउनुपर्ने स्थिति बनिरहेको छ । गरीबका छोराछोरी जति राम्रो क्षमता भए पनि जति योग्य भए पनि तिनलाई डाक्टर बन्ने बाटो थुनिएको छ । आज निजामती, प्रहरी, अदालत, सेना कतै पनि राजनीतिको छायाँ र प्रभाव पर्न बाँकी छै्रन ।
नेपाल प्रहरीमा आइजिपी हुन पैसाको झोला बोकेर जानुपर्छ । प्रहरी प्रमुखले आप्mनो व्यावसायिकतामा र विवेकमा स्वतन्त्र ढङ्गमा काम गर्न पाउँदैन । संवैधानिक निकायहरुमा सरकारी प्रभाव पार्ने कामले अन्ततः लोकतन्त्र नै कमजोर भइरहेको छ । यी लगायत अन्य विविध कारणहरुले विगत दशकौँदेखि नेपाली जनताले देख्न चाहेको ‘नयाँ नेपाल’ केवल शब्दध्वनिमा मात्र गुञ्जिइरहेको छ, जीवनमा होइन । यद्यपि आज पनि समृद्ध नयाँ नेपाल देख्ने नेपाली जनताका अचेतनभित्रका आकांक्षाहरु मरिसकेका छैनन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नुवाकोट उपमहानगर भए वेस होला कि ?

समृद्ध नेपाल सुखी नेपालीः एक विश्लेषण

ओज हराएको सरकार र नूर गिरेको प्रतिपक्षी

समान व्यवहार

प्रमुख समाचार

रवीन्द्र स्मृति दिवस मनाइयो

थप प्रमुख समाचार

मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना

मगर दिवसमा बिरामीलाई फलफूल वितरण