इरान–अमेरिकाः युद्धको सन्त्रास

तिलक पराजुली तिलक पराजुली
माघ ३, २०७६

अमेरिकाले मध्यपूर्व, खास गरेर इरानमा अहिले आफ्नो नाक किन जोतिरहेको छ ? अर्थात्, अमेरिका इरानसंग यति विध्न द्वन्द्वमा उत्रनुको कारण के हो ? यो पनि बुझ्नु जरुरीछ ।

पश्चिम एसिया जसलाई हामी मध्यपूर्व पनि भन्ने गर्छाैं, यहाँ युद्धका बादल मडारिएका छन् । अमेरिकाको मुस्लिम जगतलाई फुटाउ र यिनीहरुका देशमा भएका अपार पेट्रोलियम सम्पदा कब्जा गर भन्ने नीतिले यो क्षेत्र सँधै द्वन्द्व र अस्थिरताको चपेटामा परिरहेको छ ।
अमेरिका इरानबीचको द्वन्द्व अहिले चरम अवस्थामा छ । खास गरेर, इराक भ्रमणमा रहेका इरानी रेभोलुशनरी आर्मिका चिफ कासिम सुलेमानीमाथि अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गर्नुले द्वन्द्व अब युद्धमा परिणत हुने हो कि भन्ने सन्त्रास झन बढेको छ । गत जनवरी ३ मा हत्या गरिएका सुलेमानी कति महत्वपूर्ण व्यक्ति थिए इरानको लागि भन्ने कुरा उनको शवयात्रामा विशाल जनसागर उर्लिनुले बताउँछ । अक्सर कठोर र गम्भीर रहने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खुमेनी सुलेमानीको मृतशरीरमा घोप्टिएर धुरु–धुरु रोएकोबाट पनि बुझिन्छ । इरानको शक्ति विस्तारका रणनीतिकार थिए यी सुलेमानी ।
सुलेमानी हत्याबाट संतप्त इरानीहरुले अमेरिकासंग प्रतिषोधको संकल्प गरेकाछन् । इराकस्थित अमेरिकी सैन्य अखा डामा वीसवटा क्षेप्यास्त्र प्रहार पनि ग¥यो इरानले । तर, यो देशका सेना कति हतास मनस्थितिमा छन् भन्ने कुरा युक्रेनी यात्रुवाहक विमानलाई अमेरिकी सैनिक जाहज भनेर मिसाईलको निशाना बनाउनुले पनि बुझिन्छ । अनाहकमा निर्दोष तथा अकिञ्चन १९५ यात्रीको ज्यान गयो । क्यानेडेली मृतक यात्रुको शोक सभामा त्यहाँ की उपप्रधानमन्त्री धुरु–धुरु रोइन । हृदय विदारक दृश्य थियो यो ।
मिसाईल दाग्ने वा क्षेप्यास्त्र पड्काउने जस्तो गम्भीर कुरालाई यति हचुवा रुपमा प्रयोग गर्ने कामले इरानीप्रति जुन सहयोग र सानुभूतिको माहोल बनेको थियो विमानका निर्दोष यात्रुको हत्या पछि त्यो कमी भएको छ । अर्थात, इरानी सेनाले आफ्नै खुट्टामा बञ्चरो हान्यो भन्दा हुन्छ । देश भित्रै पनि यी निर्दोषको विनाकारण हत्या गरिनुको जवाफ सरकारसंग मागिएको छ । पश्चिमाहरुले यसलाई भरपुर उपयोग गर्न चाहन्छन् भन्ने कुरा सरकार विरोधी एक जमघटलाई सशक्त बनाउन आन्दोलनकारीको भिडमा इरानस्थित वेलायती राजदूत आफै पुग्नुले देखाउँछ । ती राजदूतलाई इरानी सरकारले पक्डाउ पनि ग¥यो–यसै हप्ता र केहीबेर पछि रिहाई गरेको हो ।
अमेरिकाले मध्यपूर्व, खास गरेर इरानमा अहिले आफ्नो नाक किन जोतिरहेको छ ? अर्थात्, अमेरिका इरानसंग यति विध्न द्वन्द्वमा उत्रनुको कारण के हो ? यो पनि बुझ्नु जरुरीछ । टर्की र इरान पर्सियन क्षेत्रका उदयीमान शक्तिको रुपमा अगाडि आएकाछन् । टर्कीले यद्यपि केही वर्ष यता आफ्नो स्वतन्त्र भूमिका बढाएको छ तापनि यो अमेरिकी नेतृत्वको उत्तरी एटलान्टिक सैनिक संगठन नाटोको सदस्य राष्ट्र हो । त्यसैले अमेरिका टर्कीसंग त्यति अत्तिएको छैन । यद्यपि हालैका दिनमा टर्कीले रुससंग गठजोड गरेर अमेरिकालाई सिरियाबाट विस्थापित गरायो ।
इरानसंग भने अमेरिका निरन्तर तनावको अवस्थामा छ । पहिले, राजा रेजापहल्वीले शासन गर्दा सम्म खासै समस्या थिएन । राजाले अमेरिकी आदेश पालना गर्थे । पछि धार्मिक गुरु खुमैनीको नेतृत्वमा ठूलो जनसंघर्ष भयो । राजा पक्राइए । यत्रो शक्तिशाली शासक यी रेजापहल्वीलाई अमेरिकाले पनि शरण दिनसकेन । यसै का्रन्तिताक सन १९७९ मा तेहरान स्थित अमेरिकी दूतावास समेत आन्दोलनकारीले कब्जा जमाए । यसपछि अमेरिका इरान संबन्ध निरन्तर तनाव पूर्ण छ । खासमा यो तनाव खाडीको तेलभण्डारमा अमेरिकी आधिपत्य कायम गर्ने कुरा एउटा हो भने अर्को इजरायलको सुरक्षा निष्कण्टक बनाउन पनि हो । इजरायल माथि कतै इरानले आक्रमण गर्छ कि भन्ने डर छ । इरान र प्यालेष्टिनबीच गहिरो छ–संबन्ध । इस्लाम र यहिुदीबीचको शत्रुता भन्नै परेन । यो चरम छ ।
अहिले इरानले युक्रेनी यात्रुवाहक विमानखसाले झैँ त्यसवेला अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आदेशमा २९० जना यात्रु बोकेको इरानी विमान खसालिएको थियो । दुबै घटना मानवीय त्रुटी र हतास मनस्थितिका उपज हुन् भनिए पनि जघन्य हुन् ।
इरानको आणविक कार्यक्रम पश्चिमा खास गरेर अमेरिकाको टाउको दुखाई हो । पूर्ववर्ती अमेरिकी राष्ट्रपति वराक ओबामाले एउटा मध्यमार्गी समाधान निकालेका थिए । युरोपियन युनियन, रुस र चीनसमेतलाई साक्षी राखेर उनले इरानसंग एक संझौता गरेका हुन । यो सन्धिले इरानले आणविक हतियार उत्पादन नगर्ने तर विकास निर्माणमा चाहिने ऊर्जाको लागि मात्रै युरेनियम प्रयोग गर्ने कुरा थिए । यो सन्धि इजरायललाई भने मनपरेको थिएन । इरानसंगको यसै सन्धिलाई लिएर ओवामा र इजरायली प्रधानमन्त्री नेत्यान्याहुबीच तँ तँ म म को झगडा समेत भएको थियो ।

खाडी देशहरुका गतिविधि, याहाँको शान्ति र व्यवस्थाको कुरा नेपाललाई प्रत्यक्ष सरोकार र चासोको विषय यसकारणले छ कि हाम्रा लाखौंं युवा युवतीहरु यस क्षेत्रमा कार्यरत छन् । खाडीमा यदि पूर्ण युद्ध (फुलस्केल वार) को स्थिति भयो भने नेपाली फर्कनु पर्ने छ । कुरा यतिमात्रै होइन हाम्रो अर्थतन्त्र नै ध्वस्त हुनेछ ।

अमेरिकाको चुनावमा ट्रम्पले राष्ट्रपति पद हाँसिल गर्न सफल भएपछि इरानसंगको सन्धि एकतर्फी भङ्ग गरे । दुई देशको सम्बन्ध पुनः थप तनावग्रस्त भएको मुख्य कारण यही हो । अहिलेको बढ्दो द्वन्द्व यसै
वर्ष, अर्थात सन् २०२० मा हुन गई रहेको अमेरिकी चुनावलाई आफ्नो पक्षमा जनमत तयार गर्ने ट्रम्पनीति पनि भनिएको छ । र महाभियोग प्रस्ताव तुहाउन पनि हो कि ?
पश्चिमा शक्ति इरान (पर्सिया) बीचको द्वन्द्व इतिहासको विरासत भन्दा पनि हुन्छ मध्ययुगमा ग्रिक र पर्सियनबीच लामै युद्ध भएको थियो ग्रिशेली र पर्सियन तथा एथेन्स र स्पार्टाबीचको युद्ध प्रसिद्ध ग्रिशेली इतिहास विरुद्ध हेरोडेटसले विशद वर्णन गरेका रोचक कुरा भारतीय नेता पं. नेहरुले विश्व इतिहासको झलक पुस्तकमा लामै उधृत गरेका छन् ।
अर्को, अधुनिक भाष्यमा यो भिन्न सम्यता र संस्कृतिबीचको द्वन्द्व पनि हो जुन पश्चिमी विद्वान स्यामुल पी हन्टिनटङ्ग लगायतका विद्वानहरुको विश्लेषण छ । यस अवधारणाका आधारमा घटनाहरुलाई विवेचना गर्दा पश्चिम र पूर्व तथा क्रिश्चियन र मुस्लिमबीचको द्वन्द्वका रुपमा पनि हेर्न सकिन्छ इरान अमेरिकी विवादलाई । तर यति सजिलो ध्रुवीकरण पनि छैन । किनभने इरानकै छिमेकी साउदी अरब अमेरिकाको पक्षमा उभिएको छ । इरान विरुद्ध छ–साउदी सरकार ।
मध्यपूर्वमा वैधानिक सरकारहरुले गैरराज्य शक्तिलाई प्रयोग गरी छाँया युद्ध गर्नु अर्को समस्या हो । यस्तो युद्ध यमन, सिरिया, लिविया समेतका देशहरुमा देखिएको छ । हुथी, हिजबुल्लाह जस्ता संगठन छन् । केहीलाई अमेरिकाले हतियार दिएको छ भने केहीलाई इरान टर्की र रुसले सहयोग गरेका छन् । यिनै गैरराज्य शक्तिको परिचालन गरेकाले इरानी जनरल सुलेमानीलाई अमेरिकी सरकारले एक नम्बरको आतक्ङवादी भनेको हो । तर, यथार्थ यो छ कि अमेरिका आफैले झन बढी त्यस्ता तत्वलाई आफ्ना शत्रुविरुद्ध प्रयोग गर्दै आएको छ । एक किसिमको राज्य आतङ्क ।
यो क्षेत्रमा, अर्थात् इरान र अमेरिकाबीच पूर्ण युद्ध त नहोला तर द्वन्द्व भने चाँडै समाधान हुने लक्षण छैन । आश्चर्य त यो छ कि त्यत्रो लगानी गरेर इराकबाट सद्दाम हुसेनलाई समाप्त गरेको अमेरिकालाई अहिले इराकी जनता सडकमा उत्रेर ‘अमेरिकी साम्राज्यवाद इराक छाड’ भन्ने नारा लगाउन थालेकाछन् । अमेरिका भने इराकबाट आफ्ना सैनिक फिर्ता लैजाने मनस्थितिमा देखिदैन ।
खाडी देशहरुका गतिविधि, याहाँको शान्ति र व्यवस्थाको कुरा नेपाललाई प्रत्यक्ष सरोकार र चासोको विषय यसकारणले छ कि हाम्रा लाखौंं युवा युवतीहरु यस क्षेत्रमा कार्यरत छन् । खाडीमा यदि पूर्ण युद्ध (फुलस्केल वार) को स्थिति भयो भने नेपाली फर्कनु पर्ने छ । कुरा यतिमात्रै होइन हाम्रो अर्थतन्त्र नै ध्वस्त हुनेछ । आउनसक्ने समस्याको सामना गर्न वैकल्पिक सोच र बन्दोवस्त गर्नु सरकारको अहं दायित्व हो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

समान व्यवहार

करिया, ‘सेतो फरिया’ र भरिया

सन्दर्भ: शिवरात्रिको पावन पर्व

प्रमुख समाचार

कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

थप प्रमुख समाचार

१८ औं आहा रारा गोल्डकप, १० टिम सहभागी

क्यान इन्फोटेकमा सय स्टल

वृद्धको जलेर मृत्यु