अम्बरेश्वर शिवालय र यसको प्राकृतिक वातावरण

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७०

१.सनातन धर्म : बहु देव पूजक

वैदिक सनातन धर्मावलम्बीहरु धेरै देवदेवीहरुको पूजा गर्छन्। त्यसमध्येमा नित्यपूजा गरिने देवताहरु हुन् : गणेश, सूर्य, देवी, शिव र विष्णु। यी देवताहरुलाई ‘पाञ्चायन’ भन्छन्। उक्त देव-देवीहरुको समष्टिगत उद्देश्य एकै भएपनि पृथक-पृथक अस्तित्व मानिन्छ। पाञ्चायन देवताहरुलाई नै विश्लेषण गर्दा देवीका उपाशकहरुलाई शाक्त, विष्णुका उपाशकलाई वैष्णव र शिवका उपासकलाई शैव धर्मावलम्बी भनेर नामाकरण गरिएको छ। वैष्णव धर्मावलम्बीका मूल उद्देश्य मुक्ति वा मोक्ष मानिन्छ भने, शाक्त र शैव धर्मावलम्बीहरु भुक्ति र मुक्ति दुवै प्रकारको उपलब्धी हाँसिल गर्न चाहन्छन्। यद्यपि नेपालमा उक्त तीनै प्रकारका सम्प्रदायहरु छन् तापनि शैव धर्मावलम्बीको उपासकहरु प्रायः प्रत्येक क्षेत्रमा पाइन्छन्। शैव धर्ममा आकषिर्त हुनुको कारण एक त शिवजी चाँडै सन्तुष्ट हुने ‘आशुतोष’ मानिन्छन्। दोस्रो शिवजी मोक्षका अधिदेव पनि हुन्। शैव धर्ममा सनातन धर्मावलम्बीहरु आकषिर्त हुनुको अर्को धारणा शिवजीका उपासक विभिन्न सम्प्रदायका साधु-सन्तहरुले आफ्नो शिक्षा-दीक्षा प्रदान गरेर जनताहरुलाई प्रभाव पार्नु पनि हो। इस्वीको आठौं शताब्दीका जगतगुरु शङ्कराचार्यले त भारतका चार क्षेत्र-मैसुरमा श्रृंगेरीमठ, द्वारकामा शारदामठ, जगन्नाथपुरीमा गोबर्द्धनमठ र बद्रीनाथमा ज्योतिमठको केन्द्र खडा गरेर सन्यासीहरुलाई दीक्षित गर्राई शैव धर्मको प्रचारमा निरन्तरता दिनु पनि हो।

२. नेपालमा शिव-शक्तिका मन्दिरहरु

विभिन्न प्रकारका देवी-देवताहरुका मन्दिरको तुलनामा नेपालका प्रायः सबै क्षेत्रमा देवी, शक्ति सम्प्रदायका र शिव, शैव सम्प्रदायका मठ मन्दिरहरु धेरै पाइन्छन्। त्यसमा पनि शैव सम्प्रदायका उपासकको निम्ति सचेतना गराउने साधु सन्तहरु धेरै भएको हुँदा आम जनताहरु त्यसतर्फबढी आकषिर्त भएको हुनुपर्छ। शिवका मन्दिरमा काठमाडौं बागमती किनारामा अवस्थित श्री पशुपतिनाथको मन्दिर देश विदेश सर्वत्र प्रसिद्ध छ। शिवरात्रिमा यहाँ लाखौं उपासक, दर्शकहरु जुटेका हुन्छन्। फ् हर हर महादेवझ् जस्ता ध्वनिद्वारा पशुपति क्षेत्र गुञ्जायमान भएको पाइन्छ। यस्तै शिवजीका मन्दिरहरु नेपालका हरेक नदीका किनारामा प्रत्येक गाउँ-बस्ती र शहरमा पहाडका कुनाकन्दरामा र शिखरमा पाइन्छन्। उत्तर तर्फो हिमालय पर्वत शिवजीको मूर्ति मान्नेहरु पनि छन्। धेरै साधु सन्त तपस्वीहरुले हिमालय पर्वतको आसपास तपस्या गरेर साधना उपासना गरेर, सिद्धी प्राप्त गरेका वर्णहाम्रा धर्मशास्त्रहरुमा पाइन्छ भने आज पनि हाम्रा पहाड, पर्वत, हिमालय र नदीहरु योग साधनाका पवित्र स्थल मानिएका छन्।

३. हाम्रा शिखरबस्ती साधु-सन्तको तपस्याभूमि

बालातपस्वीको नाउँबाट प्रसिद्ध श्री १०८ स्वामी नारायणनन्द गिरीले प्युठानको र्स्वर्गद्वारी पहाडको धुरीमा वि.सं. १९५३ देखि अखण्ड यज्ञशाला र शिवजीको उपासना गरी लोककल्याणको निम्ति यज्ञ यागादी कर्म  गरेर मध्यपश्चिम क्षेत्रमा आध्यात्मिक चेतना जागृत गराएका थिए। आज पनि त्यो क्षेत्र त्यही रुपमा विकसित छ। विश्व भ्रमण गरेर नेपाललाई आफ्नो तपोभूमि बनाउने शिवपुरी बाबाका नाउँले प्रसिद्ध गोविन्द बाबा काठमाडौंको शिवपुरी पर्वतमा बस्ने गर्थे। बिसौं शताब्दीको उत्तर्रार्धमा भारतको कश्मिरबाट आएर श्री १००८ ब्रÞमविद् परम्हंश योगी सच्चिदानन्द सरस्वती -खप्तड बाबा) अछामको खप्पड लेखमा बस्ने गर्थे। ज·बहादुर कुँवरका समयका तपस्वी अम्बर गिरी कास्की पोखरा निकट भलामको शिखर गुफामा तपस्या गर्थे। यसरी नै र्स्वर्गद्वारी महाप्रभुका शिष्य परमहंश स्वामी शड्ढारानन्द गिरी, कास्की पुरुन्चौर गा.वि.स. ३ को काउरे पहाडको काखमा तपस्या गरेर बस्ने गर्दथे। स्वामी शड्ढरानन्द गिरी कास्की जिल्ला कै घार्मी क्षेत्र अन्तर्गतका व्यक्ति थिए। र्स्वर्गद्वारी महाप्रभुबाट दीक्षित भएपछि स्वामी शड्ढरानन्द गिरी आफ्नै क्षेत्र अन्तर्गतको काउरेको पहाडमा आएर तपस्वीको रुपमा आश्रय खडा गरेर बसेका थिए। उनको आश्रम र त्यसको वरपरको चित्रणलाई मेरो कलमले यहाँ वर्णगर्न लागेको छ। जो यस प्रकार छ।

४. अम्बरेश्वर शिवालय र यहाँका मन्दिरहरु

परमहंश स्वामी शड्ढारानन्द गिरी द्वारा वि.सं. १९६६ अक्षय तृतीयाको पवित्र दिनमा अम्मरेश्वर शिवालय स्थापना गरिएको अभिलेख पाइन्छ। यो मन्दिरको ढोका पश्चिमतर्फछ। ढोका अगाडि दायाँ र बायाँ दुइटा विशाल घण्टहरु खम्बामाथिको सत्तरीमा झुण्डाइएका छन्। पहिलो नम्बरको बायाँतर्फो घण्टाका अक्षरहरु स्पष्ट छैनन्। केबल ‘श्री सम्वत् १९६७””’  भन्ने मात्र बुझिन्छ। अक्षर सफा गरेर हेरिएमा अरु अक्षर पनि पढ्न सकिएला। तर हामीसँग साधन नभएकाले प्रयास गर्न सकेनौं। दोस्रो नम्बरको दायाँतर्फो घण्ट पनि पूर्ववत नै झुण्डाइएको छ, आकार प्रकार पनि उत्रै छ। यसका अक्षर भने बुझ्न सकिन्छ। जुन यस प्रकार छन्। ‘पुरन्चौर गा.वि.स. ३ निवासी श्री पदमलाल बास्तोलाको ९४ औं शुभ-जन्मोत्सवको उपलक्ष्यमा छोरा नारायणप्रसाद बास्तोला तथा बुहारी दीपा बास्तोलाद्वारा भगवान अम्मरेश्वर महादेवमा स-भक्ति सर्मर्पण। मिति २०६२/११/१४ रोज १ शुभम्।

अम्मरेश्वर शिवालय वरिपरि बत्ती बाल्ने पालासहितको चौघेरा छ। उक्त पाला ‘स्वर्गीय डण्डिराज, रामप्रसाद अधिकारीको स्मृतिमा श्रीमानझ् श्रीमती देवीझ् सीता सुवेदीद्वारा चढाइएको मिति २०६७ जेष्ठ ३ गते’ लेखिएको छ। मन्दिरको पछाडि पूर्वतर्फयज्ञशाला छ भने पश्चिमतर्फहनुमानको मुर्ति छ। अम्मरेश्वर शिवालयको दक्षिणतर्फँहंशेश्वर शिवालय, र्स्वर्गद्वारी प्रभुको स्मृतिमा, स्थापित वि.सं. १९६६ साल’ भन्ने छ। सोही मन्दिरको पश्चिमतर्फँपरमहंश स्वामी शंकरानन्दको सद्समाधी, शड्ढरेश्वर शिवालय, स्थापित वि.सं. २००० साल। संस्थापिका शान्त गिरी’ लेखिएको छ। यिनै मन्दिरहरुको दक्षिणतर्फचौघेराभित्र मन्दिरका पुजारी बासुदेव गिरीको आश्रम छ। माथि वर्णगरिएका मन्दिर आश्रम काउरे पहाडको दक्षिणी काखको नाकेडाँडामा रहेका छन्। यसको वरिपरि पूर्व, दक्षिण र पश्चिम घना ज·ल छ। जहाँ दिउसै ज·ली जीवजन्तुको भय होला जस्तो लाग्छ। उक्त ज·लमा बिहान ४ बजेदेखि चराचुरुङ्गीको कलरब ध्वनि सुनिन्छ। यसले उक्त शिवालय र आश्रमहरुलाई शोभायमान गराएको छ। यहाँको वातावरण शान्त छ। उक्त शिवालयमा नित्य पूजा हुन्छ। केही खेत र पाखो गुठी छ। ज·ल वरिपरि सबै गुठीको क्षेत्र पर्दछ।

५. अम्बरेश्वर सन्यास आश्रम

शिवालय र यज्ञशाला भएको क्षेत्रबाट २० मिटर उत्तरतर्फो पाखामा अम्बरेश्वर सन्यास आश्रमको सचिवालय भवन छ। यस भवनको मूल द्वारमा यस्तो शीला लेख पाइन्छ।

जि.प्र.का दर्ता नं. १०७२/०५९

अम्बरेश्वर सन्यास आश्रम

सचिवालय

पुरुन्चौर-३, काउरे

‘अम्बरेश्वर सन्यास आश्रमको समुद्घाटन आश्रमका संस्थापक अध्यक्ष श्री १००८ स्वामी डा. रामानन्द गिरीज्यूका करकमलबाट मिति २०५९ जेष्ठ २३ गते एकादशी तिथिका दिन सुसम्पन्न भयो।’

माथिको शिलालेखबाट थाहा हुन्छ, ‘अम्बरेश्वर सन्यास आश्रम श्री १००८ स्वामी रामानन्द गिरीज्यूबाट स्थापना गरिएको रहेछ। उक्त आश्रमको सचिवालय एकतले टिनको छाना भएको चार कोठे भवन छ। यहाँ आश्रम सम्बन्धी र छलफल बैठक हुन्छ। कार्यसमितिका पदाधिकारी उक्त आश्रमको कोठामा बस्ने गर्छन्। हामीले उक्त आश्रमको मूल ढोकानेर व्यवस्थापक ब्रÞमचारी गोविन्द अर्याललाई भेटेका थियौं। उनले वेदान्तमा आचार्य र तन्त्र शास्त्रमा पि.एच.डी गरेका रहेछन्। उनी त्यहाँ साधनारत तपस्वीको रुपमा बस्ने गरेको बताउँथे। फोटो खिच्नको निम्ति अनुमति माग्दा उनले इन्कार गरे। सम्भवत् तन्त्र शास्त्रमा साधकको फोटो खिच्नु निषेध पनि हुन सक्छ।

सन्यास आश्रमको पछाडि पूर्व र्फकेको भान्सा घर रहेछ। त्यसको पछाडि पूर्व तर्फनै मोहडा भएको श्री १००८ स्वामी डा. रामानन्द गिरीज्यूको निवास आश्रम बार्दलीसहित एकतले भवन छ। उक्त भवनमा स्वामीज्यू आरामसाथ विश्राम गरेर आफ्ना चेलाहरुलाई उपदेश दिदैं गर्नुहुन्थ्यो। हामी त्यहाँ पुगेपछि, आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला र मप्रति हर्षवभोर भएर स्वामीज्यूले भन्नुभयो- ‘म यहाँ छ भन्ने कुरा तिमीहरुले कसरी थाहा पायौं -’ वास्तवमा अम्बरेश्वर सन्यास आश्रम स्वामीज्यूको ग्रीष्मकालीन आवास थियो। उहाँ अघिल्लो दिन मात्र देवघाट महेश आश्रमबाट त्यहाँ आउनुभएको रहेछ। स्वामीज्यूको मुख्य आश्रम देवघाट महेश आश्रम हो। त्यहाँ विद्येश्वर शिव मन्दिर र आचार्यसम्म अध्यापन गर्ने ‘महेश संस्कृत गुरुकुल महाविद्यालय’ पनि छ। त्यस विद्यालयका छात्रहरु र प्राध्यापकहरुलाई आवास, भोजनको प्रबन्ध पनि सोही महेश आश्रम कै व्यवस्थापनमा हुने गरेको छ।

अम्बरेश्वर सन्यास आश्रमको परिसरमा स्वामीज्यूको आश्रम अगाडि पूर्व-पश्चिम लम्बिएको प्रवचन मण्डप छ। उक्त मण्डपमा स्वामीज्यूले आध्यात्मिक विषयमा प्रवचन गर्ने र कोही अध्यात्म विषयमा अध्ययन गर्न अभिरुची राख्ने जिज्ञासु र विद्यार्थीहरुलाई उहाँले अध्यापन पनि गर्नुहुँदो रहेछ। अम्बरेश्वर सन्यास आश्रमदेखि उपयुक्त अन्य भवनहरु समेत स्वामी रामानन्द गिरीज्यूले आध्यात्मिक प्रवचन गरेको रकमबाट निर्माण गरिएका रहेछन्। स्वामीज्यूसँग त्यहाँको समस्या केही छ कि भनेर अनुरोध गर्दा उहाँले भन्नुभयो-‘बीस तीस जनासम्म अतिथि आश्रति हुन सक्ने भवन त हामीसँग छन्, तर अतिथि र विद्यार्थीहरुलाई भोजन प्रदान गर्न सकिने व्यवस्था भने हामीसँग छैन। कुनै भक्तजनहरुको ध्यान यसतर्फपर्न सकेमा हामी सबैको कल्याण हुने थियो’ भन्ने स्वामीज्यूको मनसाय पाइयो। ‘तँ आँट, म पुर्‍याउँला’ भन्ने दैव वाक्य हुन्छ भन्ने कथन छ। एक्ला स्वामीज्यूको सद्भावनाबाट त्यहाँ करोडौंको व्यय भइरहेको र विकास निर्माण भएको छ भने भक्तजनको सहयोग आश्रमले किन नपाउँला रझ् हामीले आशावादी शब्द व्यक्त गरेर स्वामीज्यूको वचनमा आफ्ना शब्द मिलायौं। स्वामीज्यूले हामीलाई आशीरवचन दिनुभयो।

६. पोखराबाट अम्वरेश्वर शिवालय

पोखराको बगरबाट पुरुन्चौर गा.वि.स. हुँदै भुजुङ्गखोला सार्दीखोलासम्म दैनिक बस सवारीहरु चल्ने गर्छन्। पुरुन्चौर दश कि.मी छ बगरबाट/पुरुन्चौरबाट अम्बरेश्वर सन्यास आश्रमसम्म जीप ट्याक्सी चल्न सक्ने ग्राभेलिङ सडक छ। सडक केही उकालो पर्छ। पुरुन्चौरबाट दुर्इ कि.मी. उकालो चढेपछि सडकको दायाँ किनाराको टापुमा एउटा भव्य भवन र त्यसैको छेउमा भगवती मन्दिर पनि छ। त्यो भवनबाट पश्चिम-उत्तरतर्फतल सेती नदीको प्रवाह देखिन्छ भने माथि लाचोक, घाचोकका गाउँहरु देखिन्छन्। ती गाउँबाट हिमाली लेक, सुरु हुन्छ। माछापुच्छ्रे र अन्नपूर्णको हिमाल देखिन्छ त्यहाँबाट। हामी उकालो चढ्दा त्यही भवनको विश्राम स्थलमा बस्यौं। ज्यादै रमाइलो पहाडको टप्पुमा कसले बनाएको होला त्यो भव्य भवन – हामीले स्वामीज्यूसँग सोध्दा उहाँले भन्नुभयो-‘ त्यो पनि हाम्रै आश्रमको अ· हो।’ स्वामीज्यू हिमाल, पहाड, गाउँघर र नदीको दृश्वाललोकनका सोखी भएको पाइयो। त्यो रमणीय भवनबाट अम्बरेश्वर सन्यास आश्रम र शिवालयहरु एक कि.मी. फरकमा पर्दछन्। उक्त भवनबाट  हरियो पर्वतको शिखर र धवल हिमाल देखिन्छ। अम्बरेश्वर सन्यास आश्रम करिब ५ रोपनी गुठीको जग्गा अन्तर्गत पर्दछ। उक्त आश्रमकोवरिपरि विभिन्न प्रकारका वनस्पति छन्। हरसमय चराचुरु·ीको कलरब ध्वनि सुनिन्छ। पूर्वदेखि दक्षिण हुँदै अर्ध चन्द्राकारमा घुमेको घार्मीको पहाड र त्यहाँका गाउँघर, सन्यास आश्रम र शिवालयबाट देखिने रमाइलो पहाड हो। धार्मिक वा पर्यटकीय दृष्टिले पनि पुरुन्चौर-३ काउरे जानेहरुलाई त्यो ठाउँले नै ‘स्वागतम्’ भन्दै आकषिर्त नगरी छाड्दैन। उक्त ठाउँको वातावरण शान्त र रमणीय छ।

Related News

सम्बन्धित समाचार

hero news full width