कोरोनाका कारण अमेरिकामा थप चारजना नेपाली भाषीको निधन

एजेन्सी
वैशाख ५, २०७७
amatya_aAotQ6Q2gf

तस्वीर–अमेरिकामा मृत्यु हुने महेश अमात्य ।

बोस्टन, ५ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण चारजना नेपाली भाषीको निधन भएको छ। बिहिबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो।

त्यस्तै अमेरिकाको कोलोराडोमा एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ। न्यूयोर्कमा निधन भएका अमात्य कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन। न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन्।

सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन्। उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार र्यापिड्समा बस्दै आएका थिए । यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको निधन भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width