अलपत्र २४ पर्यटकलाई पोखरादेखि काठमाडौँ पठाइयो

rss रासस
वैशाख ४, २०७७
pokhara

फाइल फाेटाे

कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौँ पठाइएको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।

उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई, दुई तथा ट्रकी, स्वीडेन र इटालीका एक, एक जना रहेका छन् । उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौँ पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए । फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ । लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट ८६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • भुक देउराली होमस्टेमा सचेतना

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्दनमा मोदी गाउँपालिका ५ स्थित भुक…
    • खास्टेताल महोत्सवमा २ करोडको कारोबार

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      लेखनाथ । प्रथम खास्टेताल महोत्सवमा २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव ५० हजार दर्शकले अवलोकन गरेका छन् ।…
    • अमलटारीको ‘सिग्नेचर’ अनदीको ‘चिचर’

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र २२, २०७७
      पोखरा । बिहान सबेरै उठेर अगेना अगाडि नबसी सुखै छैन, नवलपुर अमलटारीकी अमरकुमारी महतोलाई । झिसमिसेमै ५ बजे उठेर तुनेलो…
    • खास्टे महोत्सव जारी

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १९, २०७७
      लेखनाथ । कास्कीको लेखनाथमा चैत १२ गतेदेखि सुरु भएको प्रथम खास्टे ताल महोत्सव सातौं दिनसम्म आइपुग्दा दर्शकको सहभागिता उल्लेखनीय रहेको…
    • कसरी हुन्छ पोखराको पर्यटनको ब्रान्डिङ ?

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा । पोखराको पर्यटनलाई ब्रान्डिङसहित प्रवद्र्धन गर्न आवश्यक तात्कालिक एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि पोखरामा सरोकारवालाबीच छलफल गरिएको…

    hero news full width

    sanil ads

    wordlink ads