बाँकेको जमुनाह नाकास्थित दशगजा क्षेत्रको एकान्तबासमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै आज बसमा तोडफोड गरेका छन् । पन्ध्र दिन एकान्तबासमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन एकान्तबासमै बस्नुपर्ने भएपछि उनीहरु आक्रोशित भएका हुन् । आज गरिएको स्वास्थ्य परीक्षणमा एकान्तबासमा रहेका १८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पुर्याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके प्रशासन र गृहमन्त्रालयले उनीहरुलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थियो।
घर जाने तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एकान्तबास नछोड्न निर्देशन दिएपछि एकान्तबासमा बस्दै आएका नागरिक आक्रोशित भएका थिए।
उनीहरुले उपमहानगरपालिकाद्वारा एकान्तबास स्थलमा पु¥याएका तीन बसमा तोडफोड गरी ढोका र झ्यालको सिसा फुटाइदिएका छन् । गाडीमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा अस्थायी एकान्तबासमा राखिएको थियो । एकान्तबासमा दाङका ३१, बाँकेका २७, जुम्लाका १५, बर्दियाका १४, रोल्पाका १३, रुकुमका १०, दैलेखका १०, सल्यानका नौ, सुर्खेतका सात, अछामका पाँच, झापाका पाँच, डोल्पाका तीन, प्यूठानका दुई, स्याङ्जाका दुई, नवलपरासीका दुई, मुगुका दुई, सप्तरीका एक, उदयपुरका एक, रुपन्देहीका एक र अर्घाखाँचीका एकलगायत छन्।
गाउँपालिका उपाध्यक्षसहित २० जना एकान्तबासमा
प्यूठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारलाई एकान्तबासमा राखिएको छ । काठमाडौँबाट आज घर आउनुभएकी सुनारलाई वडा नं ५ सालिबिसौनामा रहेको पूर्ण आधारभूत विद्यालयको एकान्तबासमा राखिएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
उहाँसहित आएका चार जनालाई १४ दिनसम्म एकान्तबासमा राखिने अध्यक्ष गिरीको भनाइ छ । चौध दिन क्वारेन्टाइनमा बसेकाको दु्रत परीक्षण (आरडिटी) चेक गरिनेछ । आरडिटीमा पोजेटिभ रिपोर्ट आएमा थप जाँचका लागि पठाइने र नेगेटिभ रिपोर्ट आएमा घर पठाइने बताइएको छ ।
आज जिल्ला भित्रिएका २० जनालाई एकान्तबासमा राखिएको छ । जिल्लाका मुख्य सडक तथा भित्रिबाटोमार्फत भित्रिएका व्यक्तिलाई अनिवार्य एकान्तबासमा बस्ने सर्तसहित सम्बन्धित स्थानीय तहको एकान्तबासमा ल्याएर राखिएको हो । स्थानीय तहले निर्माण गरेका एकान्तबासमा ६४ जना रहेका छन् । उनीहरु जिल्ला बाहिर दाङ, काठमाडाँै, भारत र विदेशबाट आएका हुन् ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१