पोखरामा भेटियो र्‍यापिड टेष्ट पोजेटिभ

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
ko

पोखरा, ३ वैशाख । पोखरामा एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।

पोखरा महानगरपालिका–१२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।उनी २७ दिनअघि मात्रै दुबईबाट फर्किएकी हुन् । शर्माले भने र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाएका छौं ।’ उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने जानकारी दिए ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमूना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो । ‘उनीमा कुनै लक्षण भने देखिएको छैन । विदेशबाट फर्किएको धेरै दिन भइसकेको रहेछ’ उनले भने । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width