पोखरा, २ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ ।
पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले संकटको अवस्थामा महानगरले थालेको अभियानमा क्लबले सहयोग गरेकामा धन्यवाद दिएका थिए ।
महानगरेको कोषमा अहिले सम्म ३ करोड ७८ लाख ३५ हजार ३ सय ९१ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो, भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् । करिब ३ लाख बराबरको खाद्यन्न पनि सहयोग स्वरुप प्राप्त भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले स्थापना गरेको कोषमा समितिले सहयोग गरेको हो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१