सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

रासस
वैशाख १, २०७७
police

File photo

नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् ।

घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • डेढ करोड ठगेर ललित फरार

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । चेक अनादर मुद्दाका प्रतिवादी ललितकुमार गुरुङलाई ६ महिना बित्दासमेत प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाल तरुण दल…
  • सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर पोखरामा ५७ लाख रुपैयाँ लुटिएको छ । चितवनमा समेत १६ लाखसहित ७३ लाख…
  • किशोरी बिक्री गर्न खोज्ने फन्दामा

    आदर्श समाज सम्वाददाता पौष १७, २०८१
    लमजुङ । लमजुङ सदरमुकाम बेसींसहरबाट १४ वर्षीया किशोरीलाई भारततर्फ बिक्री गर्न लागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।…
  • रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको…
  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…

hero news full width