द्रूत परीक्षणको शंकास्पद रिपोर्ट नेगेटिभ

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
Rapid-Corona-Test

पोखरा । बागलुङकी एक बृद्धाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । द्रूत परीक्षणका क्रममा शंकास्पद देखिएपछि उनको स्वाब थप पुष्टीका लागि पोखरा पठाइएको थियो । पोखरामा गरिएको परीक्षणका क्रममा बृद्धामा कोरोनासँग मिल्दोजुल्दो कुनै आशंका नरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आइतबार द्रूत परीक्षणमा अरुको नेगेटिभ र उनको शंकास्पद नतिजा आएको थियो । उनीसँगै आएका सबैको नमुना नेगेटिभ आएको छ । द्रूत मेसिनमा नेगेटिभ आएकाजति घर फर्काइएको छ भने पोजिटिभ जस्तो देखिए स्वाब निकालेर पोखरा पठाउने गरिएको छ ।

केही सातादेखि पोखरामा पिसिआर मेसिन मार्फत कोरोना परीक्षण हुँदै आएको छ । ‘द्रूत परीक्षणमा शंकास्पद देखिएको हो । तर कन्फर्म अहिले भयो,’ स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने, ‘हामीले सोचेजस्तो रिजल्ट आयो । नतिजा नेगेटिभ छ ।’उनीहरु भारतको तीर्थयात्रा गएर फर्किएका कारण द्रूत परीक्षण गरिएको हो । १२ जना मध्ये सबैको रिजल्ट नेगेटिभ देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width