पोखरा, ३० चैत । पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय थान पिपिई आइतबार महानगरले प्रदेश सरकारलाई दिएको हो ।
महानगरका प्रमुख मानबहादुर जिसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पिपिई हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले पिपिई प्रदान गरेकोमा पोखरा महानरपालिकालाई धन्यवाद दिएका थिए । यसअघि पोखरा महानगरपालिकाले १ सय थान पिपिईपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पतालमा ४० पिपिई दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कास्कीका ४ वटै गाउँपालिकालाई पनि १०/१० वटा पिपिई दिइनेछ । वैशाख २ गते रुपा, मादी, माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने महानगरपालिकाले बताएको छ ।
व्यवसायीद्वारा महानगरलाई पिपिई प्रदान
पोखरा महानगरपालिकालाई सुपर मादी हाइड्रो पावर र पोखरा अटोवेजप्रालिले व्यक्तिगत सुरक्षा सामग्री पोखरा हस्तान्तरण गरेका छन् । सुपर मादी हाइड्रो पावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०÷५० थान पिपिई महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्रण गरेका हुन् । कोरोना जोखिम बढी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको लागि पिपिई अति आवश्यक भएकाले महानगर मार्फत सहयोग गरिएको उनीहरुले बताए । महानगर प्रमुख जिसीले संकटको बेलामा संस्थाले गरेको सहयोग सह्रानीय रहेको भन्दै धन्यवाद दिएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१