वीरगन्जका तीन भरतीयको स्वाव परीक्षण गर्न काठमाण्डौ पठाइयो

एजेन्सी
चैत्र २९, २०७६
Rapid-Corona-Test

हेटौडा, २९ चैत । वीरगन्ज आएर बसेका तीन भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

वीरगन्ज–२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरूको स्वाब निकालेर हेटौंडास्थित प्रयोगशालामा पठाएको थियो ।

‘तीन जनालाई खोकी पनि देखिएको छ। उनीहरूलाई हामीले अहिले अस्पतालकै आइसोलेसनमा राखेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले भने,‘बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाएका छौं।’ हेटौंडा प्रयोगशाला स्रोतका अनुसार ती तीन जनालाई कोरोना भाइरसको संक्रमण शंकाष्पद देखिएकाले स्बाव काठमाडौं पठाइएको हो।

उनीहरूको स्वाब शनिबार बिहान १० बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगिसकेको छ। नारायणी उपक्षेत्रीय अस्पतालका मेसु उपाध्यायका अनुसार ती भारतीयहरूले आफू चार महिनादेखि नेपालमै बसिरहेको बताएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width