पोखरा २७ चैत । कोरोना संक्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रेसर वाटर स्प्रे मेशिन प्रदान गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गरे । उक्त मेशिनबाट अस्पतालमा भित्रिने र बाहिरिने ब्यक्ति तथा सवारी साधनलाई स्प्रे गरिने छ ।
अस्पतालमा धेरै मान्छेहरु आउजाउ हुने भएकाले संक्रमण फैलिन नपाओस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको प्रमुख जिसीले बताए । ‘अस्पताल संवेदनशील ठाँउ हो, यहाँ मानिसहरुको आउजाउ धेरै हुनेभएकाले सुरक्षित बनाउन स्प्रे मेशिन प्रदान गरेका हौ ।’ उनले स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताए । उनले पोखरा महानगरमा आउने कर्मचारी लगायत सबैलाई समेत स्प्रे गर्ने गरी मेशिन सञ्चालन गरिएको बताए ।
‘अहिले महानगरमा मान्छे धेरै आउदैन हस्पिटलमा मानिसहरुको चाप हुने भएकाले सुरक्षित गर्न मेशिन प्रदान गरिएको उनले भने, यी मेशिन भोलिबाटै सञ्चालनमा आउने विश्वास गरेको छु ।’स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोग प्रशसनीय रहेको बताए । उनले कोरोनाको संक्रमणलाई जित्न सवैको सहयोग र सहकार्य आबश्यक रहेको बताए ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१