बान्नीकी चैतली मेला । तस्विरः दिनेश खबर
बझाङ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बैशाख ३ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरिरहँदा बझाङमा भने भव्य मेला लागेको छ। यतीबेला बझाङमा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयको भिड लागेको छ।
सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड गर्न रोक लगाएको छ। तर जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानयीको खचाखच घुइँचो लागेको थियो।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या नेपालमा ९ पुुगेकाबेला छविसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनको उल्लंघनगरि सयौंको भिडभाड गरेर सोमबार बान्नीकी चैतली मेला मनाएका हुन्।
यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन। आफूहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन।
सुदूरपश्चिम सबै प्रदेशभन्दा बढी काेराेना भाइरसकाे जाेखिममा रहेकाे प्रदेश हाे । हालसालै भारतबाट फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित छन् ।
(श्राेतः प्रताप ओली, दिनश खबर)
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८