अति बिपन्न मजदुरलाई ड्राईभिङ स्कुलको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७६
driving

पोखरा, चैत्र २४ । कोरोना भाईरसको महामारीका कारण सरकारले गरेको लकडाउनमा दिनचर्या चलाउन समस्या भएको मजदुरहरुलाई राहत बितरण गरिएको छ ।
ड्राईभिङ्ग स्कुल संघ गण्डकीले पोखरा महानगरपालिका वडा नं ९ मा रहेका ४१ घरधुरी लाई वडा कार्यलयको सहकार्यमा राहत बितरण गरिएको हो । संघले चामल, दाल, घिऊ,चिनी तथा साबुन बितरण गरेको वडा नं ९ का वडासचिव लोकदर्शन कोईरालाले जानकारी दिनुभयाे ।

सरकारले घोषणा गरेको राहतमा अपुग भएका अति आवश्यक मजदुर र उनका परिवारको लागि राहत बितरण गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाले वडास्तरमा बिनियोजन गरेको बजेट सिमित भएका कारण बजेट अपुग भएर राहतबाट बन्चीत भएका घरधुरीलाई संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत राहत बितरण गरिएको संघका अध्यक्ष उमेश सि.के. ले जानकारी दिए ।

बितरणमा वडा सदस्य , बिभिन्न राजनितिक दलका प्रतिनिधी, ड्राईभिङ्ग स्कुल संघका नि बर्तमान अध्यक्ष मोहन गुरुङ्ग , संघका गण्डकी प्रथम उपाध्यक्ष नारायण प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । करिव ५० हजार बराबरको राहत सामाग्री बितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै