पोखरा, २३ चैत । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रो पावर कम्पनी लिमिटेडले गरीब तथा विपन्नका लागि राहत प्रदान गर्न रु १२ लाख ७३ हजार मूल्य बराबरको खाद्यान्न गाउँपालिकालाई प्रदान गरेको छ ।
कोरोना भाइस(कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारकारले जारी राखेको लकडाउनका कारणले मादी गाउँपालिकामा प्रभावित विपन्न,गरीब तथा ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत प्रदान गर्न सो कम्पनीले शनिबार सो मूल्य बराबरको खाद्यसामग्री हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए । राहतका लागि प्रदान गरिएको खाद्यान्नमा सो मूल्य बराबरको जिरा मसिनो चामल ७०० बोरा, रातो दाल मुसुरोको २९ बोरा, नून १५ बोरा र चिनी १५ बोरा रहेकोे बताइएको छ । सो कम्पनीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले कोरोनाका कारणले उत्पन्न अहिलेको विषम परिस्थितिमा श्रमजीवी वर्गलाई हातमुख जोर्न धौ धौ परेकाले गाउँपालिकामा रहेका ७०० विपन्न परिवारलाई पुग्ने गरी राहत पु¥याउनका लागि गाउँपालिकालाई सो सहयोग प्रदान गरेको बताए ।
वडा नं १ र २ को सीमा निर्माणाधीन सो जलविद्युत आयोजना ४० मेगावाट रहेको छ । मादी गाउँपालिकाले जारी लकडाउनका कारणले प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत मजदुर, श्रमिक वर्ग तथा असाहयहरुलाई राहत प्रदानका लागि १२ वटै वडाबाट लगत सङ्कलन गरिसकिएको र आजदेखि राहत वितरणको काम शुरु हुने जनाएको छ । गाउँपालिकाले सबै वडाबाट ५८९ जना लाभग्राही छनोट गरेको हो । शनिबार गाउँपालिमा रहेको विपद् व्यवस्थापन समितिको बैठककले आजदेखि पहिलो चरणको राहत वितरणको काम शुरु गर्ने निर्णय गरेको थियो । समितिले तत्कालका लागि राहत स्वरुप प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नून एक केजीका दरले प्रति परवार रु दुई हजार बराबरको खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो । गाउँपालिकाले विपन्नलाई राहत प्रदान गर्नका लागि प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । कोषमा गाउँपालिकाबाट रु १० लाख विनियोजन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१