कोरोनाले विभिन्न देशका ६४ हजार मानिसको ज्यान लियो

एजेन्सी
चैत्र २३, २०७६
5b725d2d733a49da94e3d480ab1ac714_18

काठमाण्डौ, २३ चैत । तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा ६४ हजार सात सय १० जनाको ज्यान गएको छ ।पछिल्ला दिनमो यो संक्रमण झनै तीव्र बन्दै गएको छ ।

संसारका दुई सय बढी मुलुकले कोरोना संक्रमण फैलिएको छ । यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यकता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरिएको छ । सुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन,अमेरिका, फान्स लगायतका देश बनेका छन् । युरोपेली मुलुक पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट रहेका छन्।

हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये पहिलो नम्बरमा अमेरिका बनेको छ, अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ।अमेरिकापछि संक्रमित वढी हुने देशमा स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन्। स्पेनमा संक्रमितको संख्या सवा लाख बढी छ भने इटालीमा पनि त्यति नै संख्यामा छ यस्तै जर्मनीमा ९६ हजारबढी संक्रमित भेटिएका छन् भने फ्रान्समा करिब ९० हजारलाई संक्रमण रहेको छ।

त्यसैगरी संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ भने त्यसपछि क्रमशःस्पेन, अमेरिका, फ्रान्समा भएको छ।विश्वमा संक्रमणबाट कुल ६४ हजार ७ सय १० जनाको ज्यान गएको छ। यस्तै, संक्रमितमध्ये २ लाख ४६ हजार ४ सय ९६ जना निको भएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width