गण्डकी प्रदेशमा खाद्यान्न अभाव छैनः निजी क्षेत्र   

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
gandaki province

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका अवधिमा गण्डकी प्रदेशमा खाद्यान्न अभाव नरहेको उद्योगी व्यवसायीले स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी बजारमा खाद्यान्न अभाव नरहेको तथा कतिपयले बजारमा खाद्यान्न अभाव हुन्छ भन्ने अफवाह फैलाएकाले त्यस्तो भ्रममा नपर्न आम नागरिकमा अपिल गरिएको छ ।

उद्योग बाणिज्य सङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखराका अध्यक्ष दामु अधिकारी तथा लेखनाथका अध्यक्ष बलराम ढकालले जारी गरेको विज्ञप्तिमा साँझ बिहानको छाक टार्नका लागि यस क्षेत्रमा खाद्यान्नको कुनै पनि अभाव हुन नदिने गरी प्रदेश, जिल्ला तथा स्थानीय आपूर्ति समितिसँग समन्वय गरी आपूर्ति व्यवस्था मिलाइरहेको उल्लेख गरिएको छ ।

आपूर्ति समितिसँगको बैठकमा भएका निर्णयबमोजिम ‘कम्बो प्याक’हरु पनि तयारी गरी बिक्रीवितरण भइरहेको हुँदा यदि कुनै क्षेत्रमा खाद्यान्न अभाव भएको महसुस भएमा आफ्नो स्थानीय तहको प्रमुख तथा प्रतिनिधिमार्फत कार्यक्षेत्रअनुसारको निजी क्षेत्रको प्रमुख तथा प्रतिनिधिलाई खबर गर्न समेत सर्वसाधारणमा आग्रह गरिएको छ । दैनिकरुपमा पोखरामा खाद्यान्न र ग्यासको गाडीसमेत भित्रिरहेको अवस्थामा आवश्यकताभन्दा बढी खाद्यान्न घरमा सञ्चित नगर्नसमेत उद्योगी व्यवसायीको आग्रह छ ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width