नेपालमा संक्रमितको संख्या ६ पुग्यो

एजेन्सी
चैत्र २०, २०७६
xx

काठमाण्डौ, २० चैत । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ।यही चैत ४ गतेको कतार एयरलाइन्सकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताए।

संक्रमित व्यक्ति कहाँ रहेको र महिला वा पुरुष के रहेको भन्ने बारेमा भने कुनै खुलासा गरिएको छैन्। यसअघि सोही विमानमा आएका दुई जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको थियो। तीमध्ये एक जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत छन्।त्यस्तै युएइबाट आएका अर्का एक जना सेती प्रदेशिक अस्पतालमा र अर्का व्यक्ति टेकु अस्पतालमा उपचाररत छन्। चीनबाट आएका एक जना भने उपचारगरी घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width