पोखराको राहत कोषमा ७ लाख ६५ हजार सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
help news mahanagr

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई चेक हस्तान्तरण गर्दै पोखरा १४ फनपार्कका तारानाथ आचार्य ।

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको सक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने लगायतलाई राहत वितरण गर्न गत चैत १७ गते २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी विभिन्न संघ संस्था र आम नागरिकलाई सहयोग गर्न आह्वान समेत गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले एक प्रेस विज्ञप्ति जारी गरी विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न आह्वान गरेका थिए।

महानगरको राहत कोषमा एनआइसी एसिया बैंकले २ लाख, कोअपरेटिभ मानेजर्स क्लबबाट १ लाख ११ हजार ३ सय ३३, मेजर चन्द्रबहादुर पुनले ५० हजार, नाट्टा प्रादेशिक संघ गण्डकीले ५० हजार, कञ्चन बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाबाट ३३ हजार २ सय ११, करुणा बचत तथा ऋण सहकारी संस्था ३० हजार सहयोग गरेका छन् ।

परिचय बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, मित्रमिलन कृषि सहकारीले २५ हजार, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेलबाट १० हजार, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी (साकोस) २० हजार सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए।

यस्तै मान्द्रेढुंगा बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाबाट २० हजार, समृद्धि सहकारी संस्थाले २० हजार, टुकुचे बचत तथा ऋण सहकारी संस्था २० हजार, पोखरा १४ फनपार्कका तारानाथ आचार्यले २० हजार, सर्वहीत बचत तथा ऋण सहकारी संस्था १५ हजार, सुदृढ परियोजना पोखरा महानगरपालिकाका कर्मचारीबाट १५ हजार सहयोग प्राप्त भएको छ।

गण्डक बचत तथा ऋण सहकारी संस्था ११ हजार १ सय ११, मासबार आमा समूहबाट ११ हजार १ सय ११, पाल्पाली बहुउद्देश्यीय सहकारीबाट १० हजार, बाराही कृषि सहकारी संस्था १० हजार, नागरिक समाजका अगुवा रामबहादुर पौडेलबाट १० हजार, लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था १० हजार, गन्तव्य अन्नपूर्णबाट १० हजार, किसान जागरण बहुमुखी सहकारीबाट ९ हजार, बाराही कृषि सहकारी संस्थाका अध्यक्ष तारा बरालले १ हजार सहयोग गरेका छन् । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ति प्रकाशित गरी पोखरा कार्य क्षेत्र भएका सहकारीलाई सहयोग गर्न आह्वान गरेका छन् । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width