एक लाख ६५ हजार कोरोना संक्रमित निको भएर घर फर्किए

एजेन्सी
चैत्र १८, २०७६
covid-19-4969084_1280

काठमाण्डौ, १९ चैत । कोरोना भाइरसबाट संक्रमणमध्य १ लाख ६५ हजार भन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् । संक्रमित हुनेको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ, भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ । मृत्यु भएकाबाहेक ५ लाख ५२ हजार ८ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणबाट नै ३७ हजार नौ सयले ज्यान गुमाइसकेका छन् ।

अर्थात उनीहरु कोरोनाबाट संक्रमित भए पनि सामान्य रुघा, खोकीको समस्यामा मात्रै रहेका छन् र चाडैं निको हुनेछन् । २९ हजार ४ सय ८८ मानिसको अवस्था भने जटिल रहेको छ । अर्थात उनीहरुलाई भेन्टिलेटर तथा आइसियुमा राखेर उपचार गरिदैंछ । कोरोना संक्रमितमध्ये ४.८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपी यो औसत मृत्यु दर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदर समेत रहेको छ ।

यसको अर्थ प्रत्येक देशमा मृत्युदर फरकफरक छ । संक्रमित हुनेमा कस्ता मानिस, कुन उमेरका मानिस परेका छन् भन्ने कुरामा निर्भर गरिरहेको छ । जस्तै इटालीमा धेरै मानिसको मृत्यु हुनुमा त्यहाँ संक्रमित हुने बढी वृद्धवृद्धा भएका कारणलाई मृत्युदर बढी हुन पुगेको मानिएको छ ।दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समुहका मानिस यसबाट संक्रमित हुनलाई कारण मानिएको छ । त्यसका साथै दक्षिण कोरियामा स्वास्थ्य एवं चिकित्सा सुविधा पनि निकै सम्पन्न भएका कारण मृत्युदर कम हुन पुगेको विश्लेषण गरिएको छ ।

नयाँ संक्रमित घटे

त्यस्तै इटालीमा पनि हिजो (सोमबार) नयाँ संक्रमित हुनेको संख्या घटेको छ । आइतबार त्यहाँ ५ हजार ९ सय ७४ नयाा संक्रमित भेटिएका थिए भने सोमबार ५ हजार २ सय १७ नयाँ संक्रमित भेटिएका छन् ।कोरियामा पनि नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार १ सय ५ जनामा संक्रमण देखिएको थियो भने सोमबार ७८ जनामा मात्र नयाँ संक्रमण पाइएको छ । चीन र दक्षिण कोरिया कोरोना भाइरस नियन्त्रण गर्ने पहिलो र दोस्रो मुलुकका रुपमा रहेका छन् । यी देशहरुमा अहिले विदेशबाट स्वदेश आइरहेका मानिसहरु मात्रै नयाँ संक्रमितका रुपमा देखा परेका छन् ।

यसका साथै विश्वभर नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार ६३ हजार १ सय ६० नयाँ संक्रमित पाइएका थिए भने सोमबार नयाँ संक्रमित हुने मानिसको संख्या ६८ हजार ४ सय ११ मात्रै छ । लकडाउनका कारण नयाँ मानिस संक्रमित हुन पाउँदैनन् र संक्रमण फैलिनबाट कम हुन्छ । तर, लकडाउनको अवधिभर सम्पूर्ण संक्रमित फेला पारेर अलग राखेर उपचार गर्न सकिएमा मात्रै कोरोना भाइरसको थप संक्रमण हुन पाउँदैन ।

सबैभन्दा कम संक्रमित रहेको महादेशका रुपमा अफ्रिका रहेको छ । त्यहाँ सोमबारसम्म ३ हजार ४ सय ८६ मानिस मात्रै संक्रमित पाइएका छन् । दोस्रोमा पूर्वी एसिया रहेको छ, नेपाल लगायतका ११ मुलुक पर्ने यो क्षेत्रमा संक्रमित संख्या ४ हजार ८४ पुगेको छ ।सबैभन्दा बढी संक्रमण युरोपमा फैलिएको छ ।संयुक्त राज्य अमेरिका भने सबैभन्दा बढी मानिस संक्रमण हुने देशका रुपमा रहेको छ, त्यहाँ १ लाख ६४ हजार भन्दा बढि मानिस संक्रमित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width