काठमाण्डौको वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै

एजेन्सी
चैत्र १७, २०७६
bir_hospital-1_1549244710-1000×0-01062019065924-1000×0

काठमाडौं, १७ चैत । कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौं स्थित वीर अस्पतालमा मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षीय पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width