नवलपुरका अधिकांश मेडिकलहरु बन्दः अनुगमन पछि खुल्यो कावासोतीका मेडिकल

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६
2019-01-09

नवलपरासी । सरकारले गरेको लकडाउन पछि नवलपुरका मेडिकलहरु धमाधम बन्द भएका छन् । कोरोनाको त्रास देखाउँदै नवलपुर जिल्लाका अधिकांश निजी साना तथा ठूला मेडिकलहरु र केही अस्पतालहरु समेत बन्द भएका छन् ।

यसैबीच कावासोती नगरपालिकाका नगरप्रमुख प्रेमशंकर मर्दनियाको नेतृत्वमा आइतबार कावासोतीमा रहेको मेडिकलहरुको अनुगमन पछि कावासोती नगरपालिका भित्रका मेडिकलहरु खुल्न थालेका छन् ।नगरपालिका र उद्योग वाणिज्य संघले संकटको बेला सञ्चालनमा नआउने मेडिकलहरुलाई नविकरण नगर्ने निर्णय समेत गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए । पत्रकार अर्जुन अविरलले शनिबार आफू कावासोतीदेखि डण्डासम्म जाँदा सडक आसपासका अधिकांश मेडिकलहरु बन्द भएको पाएको बताए ।

त्यसैगरी देवचुली नगरपालिका भित्र रहेका मेडिकलहरु पनि अधिकांश बन्द गरिएको देवचुलीका पत्रकार भीमभुसालले बताए । देवचुली नगरपालिकाले पनि संकटको बेला बन्द गर्ने मेडिकलहरु नविकरण नगर्ने जनाएको छ । अनुगमको क्रममा नगरभित्रका अधिकांश मेडिकल, डेन्टल र आँखा उपचार केन्द्र बन्द भएको भेटिएको कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाले जानकारी दिए ।बजारका मुख्य राजमार्गका केही उपचार केन्द्रहरु समेत बन्द भेटिएको उनले सुनाए । कावासोती नगरपालिकाको १७ वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरु अत्यावश्यक सेवा भित्र रहने भएकाले कुनै पनि स्वास्थ्य सेवा केन्द्रहरु बन्द गर्न नपाईने कावासोती कोरना रोकथाम समिति संयोजक तथा अनुगमन समिति प्रमुख तथा नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width