पोखरा, १६ चैत । कोरोना भाइरसको संक्रमणका कारण विश्व नै तहस नहस भएका अवस्थामा सरकारले गरेको लकडाउनको पालना आँफूले गर्ने र अरुलाई पनि गराउने तर्फ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका युवाले सकृयता देखाएका छन् ।
लकडाउनको अधिकांशतः युवाले पूर्णत पालना गरेका छन् नै आफ्ना गाउँ वस्तीमा संक्रमण नभित्रियोस् भन्दै ठाउँ ठाउँमा बाटो बन्द गरेर आवागमन रोक्ने तर्फ पनि यहाँका युवाहरू क्रियाशील छन् ।शनिबार मात्रै साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बर भोटेनीमा मूल सडकमा नै बाँस गाडेर स्थानीय युवाले आवागमन रोकेका थिए ।सवारी साधन लिएर उक्त बाटो हुँदै तनहुको दुलैगौडा तथा स्याङ्जाका विभिन्न स्थानका साथै पोखराको छोरेपाटन निस्कने क्रम बढेको भन्दै आँफूहरू आवागमन रोक्न बाध्य भएको स्थानीयले बताए ।
आइतबार विहानै भरतपोखरीकै बागमाराका युवाले पानी ट्याङ्कीमा बाँस तेसारेर बाटो अवरुद्ध गराएका थिए । लकडाउनको समयमा आवतजावत गर्ने क्रम बढेका कारण आँफूहरु बाटोमा बार लगाउन बाध्य बनेको स्थानीय युवा खेमबहादुर नेपालीले बताए ।विश्वव्यापी फैलिएको कारोना भाइरसको संक्रमणबाट आँफू पनि जोगिनुपर्ने र अरुलाई पनि जोगाउनुपर्ने दायित्व भएको बताउने अर्का युवा सुनिल सुनारले लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे । लक डाउनका पछिल्ला दिन भरतपोखरीमा यसको पालना प्रभावकारी रुपमा हुँदै गएको छ ।
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७