काठमाडौं, १६ चैत । बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ ।
द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।
जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए ।लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।
केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ । यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन् ।यसले मानिसहरुमा आफ्नो घरपालुवा जनावरको बारेमा डर उत्पन्न गर्ने उनीहरुको भनाई छ । अहिले बिरालोको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमालिकको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१