सडकपेटीमा बस्ने बृद्धबृद्धाको उद्दार

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७६
IMG_7478

जिल्ला प्रहरी कार्यालय कास्कीले देश नै लक डाउन रहेकाे अबस्थामा केही घरवार बिहीन बेवारिसे बृद्धबृद्धाहरु कास्की जिल्ला अन्तरगतका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएको र उनीहरूलाइ उद्दार गरीएकाे जनाएकाे छ ।

राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएका ५ पाँच जना बृद्धबृद्धाहरु (३ जना पुरुष र २ जना महिला) लाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको जनाएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width