नेपाल टेलिकमले सुरु गर्याे रिचार्जबराबरको बोनस, ग्राहकले रातिदेखि नै पाउने

रासस
चैत्र १२, २०७६
thumb

काठमाण्डौ, १२ चैत । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ । बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ ।

टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी रिचार्जबराबरका बोनस दिन सुरु गरिनेछ। यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ। ‘अहिलेको लागि हामीले ७ दिनको लागि मात्र दिने निर्णय गरेका छौं’, अधिकारीले नेपालखबरसँग भने, ‘आवश्यक परेमा पछि थप हुनेछ।’

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म र्पुयाउन निर्देशन दिएको थियो।हालको लागि रिचार्जबराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ। लोनमा ग्राहकको खासै रुचि नदेखाएकाले बोनस मात्र दिने भएको हो। रिचार्जबराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ। अन्यथा प्राप्त बोनस काटिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width