लकडाउनको अवज्ञा गरे कारवाही गर्ने नवलपुर प्रशासनको चेतावनी

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
huri-nawalpur

रामकुमार श्रेष्ठ – नवलपरासी, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले लकडाउनको अवज्ञा गर्नेलाई कानुनी कारवाही गर्ने जनाएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरसको महामारीबाट बच्नका लागि सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न आम नागरिकमा अपिल समेत गरेको छ ।सूचनामा भनिएको छ – कोही कसैले आदेश विपरित कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजिक कारवाही हुने जनाइएको छ ।त्यसैगरी नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन आज मंगलबार विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म नवलपुर जिल्ला लकडाउन गरिएको जनाइएको छ ।

यो समयमा औषधि उपचार खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गरिएको छ ।त्यसैगरी अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width