ठिनी, १० चैत । हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकको सङ्ख्यामा कमी नआउँदा कोभिड–१९ को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मङ्गलबारदेखि अनिश्चितकालका लागि उक्त धार्मिकस्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
“२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएको छ तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बामा भीडभाड देख्यौँ”, उनले भने “मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुको उपस्थिति बाक्लो थियो ।यही कारण बन्द गर्नुपरेको हो”, प्रजिअ अर्यालले बताए । मुस्ताङमा धेरै देशका पर्यटक जाने भएका कारण सङ्क्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिकस्थलहरू बन्द रहने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१