मगर संघ, नमुना एकाइको एक महिने मगर भाषा कक्षा समापन

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
Magar Bhasha

पोखरा, ९ चैत्र । नेपाल मगर संघ, नमुना एकाइ समिति, पोखरा–१४, चाउथे, कास्कीको आयोजनामा सुरु भएको एक महिने मगर भाषा कक्षाको आइतबार समापन गरिएको छ । गत माघ २२ गतेदेखि सुरु भएको मगर भाषा कक्षाको आइतबार समापन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले हरेक एकाइ र मगर बस्तीमा मगर भाषा सिकाउने अभियानको सुरुवात गर्न लागेको जानकारी दिनुभयो । मगर जातिको मातृभाषा लोप हुने क्रममा रहेको भन्दै उहाँले मगर भाषा बचाउन हरेक एकाइ र वडामा मगर भाषा कक्षा चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर भाषा प्रशिक्षण चलाएर नमुना एकाइले नमुना कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले मगर भाषा सिकेर मात्रै नहुने भन्दै बोलीचालीमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले निरन्तर अभ्यास र कुराकानीमार्फत् नै मगर भाषा सिकाइलाई दिगो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

मगर भाषाका प्रमुख प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले छोटो समय भएपनि मगर भाषा सिकाइको उपलब्धी निकै राम्रो रहेको बताउँदै प्रशिक्षार्थीहरूले भाषा सिकाइप्रति दिएको चासोको प्रशंसा गर्नुभयो । अर्की प्रशिक्षक विनु थापामगरले मगर भाषा सिक्ने इच्छा र चाहना भए मात्र सिकाइ सहज हुने भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मगर भाषाका प्रशिक्षार्थीहरू टिकाकुमारी थापामगर, कृष्णबहादुर पुनमगर, दिलबहादुर गर्बुजामगर, सुमित्रा थापामगर, चमेली बुढामगर, दुर्गा श्रीसमगर र दिलु फगामीमगरले आफूहरूलाई मगर भाषा सिक्ने समय थोरै भएको महसुस भएको बताउँदै सिकेका कुरालाई आफ्ना छोराछोरीलाई सिकाउन सके मगर भाषा उत्थानमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल मगर संघ, नमुना एकाइ समितिका अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सल्लाहकार सु. बलबहादुर थापामगर र सचिव शिव थापामगरले पनि बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

    • तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको २०७८ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान…
    • पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा, २८ चैत । पाल्पाली समाज पोखराले वर्ष–२०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरामा शनिबार…
    • लाङ्दी तमु समाजमा बालकृष्ण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष…
    • अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको…
    • पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      पाेखरा । बत्ती मुनिको अँध्यारो भनेजस्तै गण्डकी प्रदेशको राजधानी पोखरा वडा नम्बर १७ र २१ को सडकको अवस्था र पुलको…

    hero news full width

    sanil ads

    wordlink ads