पोखरा, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा अवस्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ् प्रालिले मलमा रहेका ५०३ सटरमा सञ्चालित २५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो ।
विसं २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सो मलले कोरोनाका कारणले व्यापार व्यवसाय चौपट भएको परिस्थितिलाई मध्यनजर गरी मलभित्रका व्यवसायीलाई केही मात्रामा भए पनि राहत दिनका लागि भाडामा छुट दिने निर्णय गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।
मलले सो निर्णयबाट व्यवसायीलाई रु २५ लाख भाडामा छुट हुने जनाएको छ । कोरोनाको त्रास लम्बिएको अवस्थामा छुट दिने योजनालाई निरन्तरता दिइने अध्यक्ष थापाले बताए । “व्यवसायमा नाफा मात्र जोडिदैन, सेवाको भावना पनि जोडिएको हुन्छ, विषम परिस्थितिका कारणले व्यवसायी मर्कामा परेका कारणले व्यवसायीबाटै सञ्चालित संस्था भएकाले भाडामा छुट दिएर राहत प्रदान गर्ने निर्णण गरेका हौँ”, अध्यक्ष थापाले भने ।
देशभरका उद्योग, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान कोरोनाका कारणबाट व्यवसाय खस्किरहेको विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले समेत ब्याजदरमा कम्तीमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाउनसमेत मलले माग गरेको छ । कोरोनाबाट सहजगता अपनाउन मलभित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी तथा कर्मचारीलाई स्यानिटाइजर प्रयोग गर्न लगाइएको तथा मलको प्रवेशद्वारमा स्वास्थ्य सहायताकक्ष स्थापना गरी ग्राहकको शरीरको तापक्रम परीक्षण गरेर सही अवस्थाको जानकारी दिने गरिएको प्रबन्ध निर्देशक मीनराज काफ्लेले बताए । सरकारको अनुरोधबमोजिम मलभित्र सञ्चालनमा रहेको सिनेमा हल तथा जिम हल अनिश्चितकालका लागि बन्द गरिएको बताइन्छ ।
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७