एसइई परीक्षा स्थगित

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
see

फाइल फाेटाे

पोखरा, ५ चैत । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेबाट तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । देशैभरीका विद्यालयमा परीक्षा केन्द, केन्द्राध्यक्ष तोकिनुको साथै सिट प्लानिङ समेत भइसकेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width