बजार अनुगमन तीव्र पार्न निर्देशन

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७६
bazar

पोखरा ।गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ ।

आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसंग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो ।

समिति सभापति दीपक कोइरालाले बजारमा ग्याँसको अभाव सृजना भएको खाद्यानमा मृल्यवृद्धि भएको, सामानको कृतिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिए । विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिँदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यान्नमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे । अनुगमन समिति सदस्य एवं आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनकोक्रममा उपभोक्ताले स्टक राख्ने, ब्यापारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए । सरकारी संयन्त्रबाट नियमन र अनुगमन बढी आवश्यक देखिएको उनको भनाइ छ ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान्न, एलपी ग्याँस र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए ।
माक्समा कालोबजारी गर्नेलाई काराबाही भएको भन्दै बजार अनुगमन तीव्ररुपमा गरिएको उनले जनाए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भनिए पनि बजारमा भने समस्या देखिएको बताए । बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमी नआएको उनको भनाइ छ

Related News

सम्बन्धित समाचार

  • मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको…
  • फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवा सहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय ग¥यो । फेवामा ६५ मिटरबाट…
  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र…

hero news full width