होमस्टेका महिला सञ्चालक सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
hom stay lamjung

लमजुङ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लमजुङका दुई होमस्टेका महिला सञ्चालक माइती नेपाल, काठमाडांैबाट सम्मानित भएका छन् । महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि खेलेको भूमिकाका लागि मस्र्याङ्दी गाउँपालिका– ५ को खानी गाउँस्थित रक गार्डेन सञ्चालक सीता गुरुङ र बेसीशहर नगरपालिका– ३ को गाउँशहरस्थित काउलेपानी होमस्टेका व्यवस्थापक तीलमाया गुरुङलाई जनही १० हजार नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको हो ।

प्रमुख अतिथि होटल संघ नेपालका अध्यक्ष सृजना राणा, माइती नेपालका संस्थापक अध्यक्ष एवम् संरक्षक अनुराधा कोइराला र माइती नेपालका अध्यक्ष विश्वराम खड्काले संयुक्त सम्मान गरेका हुन् । काउलेपानी होमस्टे सन् २०११ बाट सञ्चालनमा आएको हो भने रक गार्र्डेन होमस्टे २०७३ सालदेखि सञ्चालनमा छ । ती दुवै होमस्टेमा महिलाले नेतृत्व गरेका छन् । रक गार्डेन प्रकृतिको होमस्टे नेपालकै पहिलो हो । त्यसमा १० घरमा होमस्टे सञ्चालनमा छ भने काउलेपानीमा २५ घररहेकोमा १५ घरमा होमस्टे व्यवस्थापन र १० घरबाट उत्पादनमूलक कार्य हुँदै आएको छ । कुल २६ घर रहेको खानीगाउँको रक गार्डेन होमस्टेमा थप ६ घरमा होमस्टेको व्यवस्थापन तयारी गरिएको छ । उक्त गाउँमा स्थानीय र अर्गानिक खाद्य उत्पादनलाई प्रोत्साहन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post