मानव मिलनको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६

लेखनाथ । मानव मिलन संस्था लेखनाथ इकाइ समितिले सडक दुर्घटनामा परी घाइते पोखरा–२७, पुरानो कुनासी २४ वर्षीया सविना ढकाललाई आर्थिक सहयोग गरेको छ ।पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको स्कर्टिङमा खटिएको प्रहरी टोलीको गाडीले चाउथेमा उनलाई ठक्कर दिँदा घाइते भएकी ढकाललाई संस्थाले २ थान कम्वल र नगद सहयोग गरेको हो ।

सुरक्षा निकायको गाडीले ठक्कर दिँदा पनि उपचारमा कुनै सहयोग नपाएकी ढकालको दुवै हात, एक खुट्टा र कम्मरको शल्यक्रिया गरिएको थियो । उपचारपछि उनी अहिले घरमै आराम गरेकी छन् ।
न्यून आर्थिक अवस्थाबाट गुज्रिएको ढकाल परिवारले सविनाको उपचारको लागि करिब १५ लाख खर्च हुदाँ पनि सम्बन्धित निकायमा बेवास्ता भएको गुनासो गरेको ।मानव मिलन संस्था, लेखनाथ अध्यक्ष प्रेम बराल, उपाध्यक्ष कृष्णप्रसाद रिजाल, सचिव गुरुप्रसाद सापकोटा लगायत समिति सदस्यको सामूहिक उपस्थितिमा उक्त सहयोग प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width