बृहत् सत्संग

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६

पोखरा ।अद्धैत संस्था विमलनगर प्रधान शाखा बन्दीपुर ४, तनहुँमा आयोजित आठौं बृहत् सत्संग कार्यक्रम सम्पन्न भएको छ।ज्ञान महायज्ञको प्रधानकुलपति सहचारी अनन्तलाल सरस्वतीले शुभारम्भ गरेका हुन्।
गुरुदेव डा.क्षितीशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली वेद् अवधूत गीता वाचन गर्दै अनन्तलाल सरस्वतीले भने, ‘मेरो मानस कर्म छैन वाचिक र कायिक कर्म पनि छैन । हामी मनको कुरालाई आफूमा आयो भनी डराउँछौ । मन हामीमा हरहालतमा रहँदैन तर म रहिरहने । हामी मनमा कुरा फु¥यो, डर आयो त्यसबाट हामी किन डराउने ?’

शाखा प्रमुख होमनाथ सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुदेवद्वारा रचित नेपाली वेद अवधूत गीता, वसिठ्ठामृत आदिको सहचारी अनन्तलाल सरस्वती, अद्धैत विदुषी गंगादेवी चुके, लुम्बिनी अञ्चल शाखा प्रमुख दिलबहादुर अधिकारी, पं दामोदर गौतम, पं टीकाहरि पौडेल, देशिक खिलप्रसाद लामिछाने, रणबहादुर थापा, विनोद लामा, जिल्ला प्रमुख भक्तबहादुर थापा, केदारनाथ भट्टराई, वेणीबहादुर सिञ्जाली, चित्रबहादुर पौडेल, रुद्रप्रसाद भण्डारी, शाखाप्रमुख भगवती गोदार, भविन्द्रबहादुर अधिकारी, होमबहादुर सिञ्जाली, निर्मला महत, देवी भट्टराई, लक्ष्मी श्रेष्ठ, गंगादत्त नैनावस्ती, नरनारायण श्रेष्ठ, रामप्रसाद लामिछाने, कृष्णप्रसाद घिमिरे, षशिधर न्यौपाने, सरस्वती न्यौपाने, वासुदेव भट्टराई, मनमाया भट्टराई लगायतले पाठपारायण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग