लागुऔषध सहित पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
18190272-0-image-m-20_1567878940268

नवलपरासी । प्रहरीले नवलपुरको मध्यविन्दु–७, चालिसकिलो भन्ने जंगलस्थित राजमार्गबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीका बुटवल उपमहानगरापलिका ६ निवासी २२ वर्षीय समीर खड्का र २२ वर्षीय टेकबहादुर पुलामी छन् ।

उनीहरुको साथबाट फेनरागन ६ एमपुल, डाइजोपाम सेरिजेक ८ एम्पुल, नुफिन ८ एम्पुल र नाइट्रोभेट १० लोखिएको ७९ ट्याब्लेट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width