कोरोनाका कारण प्रदेश लगानी सम्मेलन स्थगित

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७६
cabinet butabal

बिक्रम खड्का-बुटवल । कोरोना भाइरस त्रासमा प्रदेश ५ सरकारले बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठक्ले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्मेलनको मिति तोकिसकिएको अवस्थामा विभिन्न तयारी गरेको भएपनि कोरोनाको त्रासले रोक्नुपरेको उनले बताए । ‘सम्मेलनमा बाहिरी मुलुकका ब्यक्तिहरु पनि आउनुपर्ने हुन्छ, त्यही भएर हामीले रोक्ने निर्णय ग¥यौं,’ उनले भने, ‘अब कहिले भन्ने अहिले नै भन्न सकिन्दैन, कोरोनाको संसारभर प्रभाव कस्तो हुन्छ्, त्यही अनुसार उपयुक्त समय मिलाएर पुनः मिति तोकिन्छ ।’विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता अपनाउन थालिएको हो । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना अहिल विश्वभरका ५० भन्दा बढी देशमा पुगिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले मेला तथा भीडभाड नगर्ने निर्देशन दिए अनुरुप प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमाफर्त मेला महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि बन्द गर्ने निर्णय भएको प्रवक्ता मन्त्री चौधरीले जानकारी दिए ।केन्द्र सरकारले कोरोनाबाट बच्न प्रयास थालनी गरेको बताउँदै नेपालमा त्रास नभएपनि संयमता आपनाउन लागेको उनको भनाइ छ । महाधिवेशन लगायतका कार्यक्रम नरोकिने बताउँदै प्रवक्ता चौधरीले महोत्सवमा आउने सबैको जानकारी राख्न नसकिने भएकोले रोक्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेश विज्ञान प्रविधि स्थापना र सञ्चालन गर्न बनेको बनेको अवधारण पत्र सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । प्रवक्ता बैजनाथ चौधरीका अनुसार मस्यौदा निर्माणको काम छिट्टै शुरु हुनेछ । साथै सडक निर्माण तथा विस्तार गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरिएको छ । बैठकले प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको अवधारण पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै