रवीन्द्र अधिकारीको स्मृति दिवस

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
Rabindra-Adhikari

पोखरा ।रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले रवीन्द्र अधिकारीको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ । गत वर्ष फागुन १५ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा असामयिक निधन भएको थियो ।

पोखरामा मंगलबार प्रतिष्ठानले पत्रकार सम्मेलन गरी उनको निधनको १ वर्ष पूरा भएको दिन विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने जनायो । पोखरा सभागृहमा फागुन १५ हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।यसअघि फागुन १० मा पोखरामा कलाकारद्वारा क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न भैसकेको प्रतिष्ठान महासचिव धनराज आचार्यले जानकारी दिए ।

यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गर्ने आचार्यले बताए । पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ । फागुन १६ मा भने ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठी हुनेछ ।रवीन्द्र पत्नी एवं प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रूपमा रहको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width