सरला त्रिपाठी -पोखरा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर तथा युवा विभागको आयोजना एवं नेरेसो गोरखा र महेन्द्र ज्योति माविको व्यवस्थापनमा राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।राष्ट्रिय अभियानअन्तर्गत नेरेसो कास्कीले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल जुनियर तथा युवा रेडक्रसको गोरखामा ४० औं राष्ट्रिय गोष्ठी कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेको हो।
नेरेसोका फोकलपर्सन तथा रेडक्रसकर्मी रमेशराज भण्डारीले केन्द्रीय सदस्य एवं जुनियर तथा युवाको अध्यक्ष सपूतबहादुर कार्कीलाई चेक हस्तान्तरण गरेका हुन्। देशभरीका करिब ६ हजार २ सय सर्कलबाट संकलित रकमबाट अक्षयकोष निर्माण गरी राष्ट्रिय कार्यक्रममा सहयोग गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको भण्डारीले बताए। उनले देशभरी कार्यक्रम चलिरहेको र ७७ वटै जिल्लासँग समन्वय भईरहेको जनाए ।
उक्त कोष अभियानमा हालसम्म २५ लाख रुपैयाँ संकलन भईसकेको विभागका महानिर्देशक ुसुदर्शन अधिकारीले जानकारी दिए ।
उपमन्त्री हरिप्रसाद न्यौपानेले कास्की जिल्लाले साच्चै नै उदाहरणीय काम शुरु गरेको भन्दै प्रशंसा गर्दै शाखाका सभापति डोलराज पाण्डे लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए । उनले अभियानमा संलग्न रमेशराज भण्डारीलाई शुभकामना दिँदै जहिलेसम्म उद्देश्य पूरा हँुदैन अभियानमा लागिरहन आग्रह गरेका थिए।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१