कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
ppppp

पोखरा, १० फागुन । सिद्धार्थ राजमार्गअन्तर्गत पोखराको छोरेपाटन नजिक कालीमाटीमा शुक्रबार बेलुका भएको कार दुर्घटनामा आमाछोरी दुवैले ज्यान गुमाएका छन् । दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु भएकोमा घाइते भएकी छोरीको उपचारक्रममा घटनाको भोलिपल्ट शनिवार मृत्यु भएको हो ।

पोखरा–१७, बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको मृृत्यु भएको थियो । उनकी नावालिका २ वर्षीया छोरी रेविका क्षेत्री घाइते थिइन् । रेविकाको समेत मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारक्रममा शनिबार बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । दुर्घटनाका अन्य २ घाइते तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ ।

स्याङ्जातर्फबाट पोखरा आउँदै गरेको ग.१च. ७७६३ नम्बरको तीव्रगतिको कार शुक्रबार बेलुका दुर्घटना भएको थियो । गुल्मी घर भएका कारचालक २८ वर्षीय शिव पाण्डे भने सामान्य छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । कार सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । चालकले मादक पदार्थ सेवन (मापसे) गरेको स्थानीयले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width