लेखनाथ ।पोखरा ३२ स्थित राधाकृष्ण वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई ७० औं प्रजातन्त्र दिवस अवसर पारी खाद्यान्न सामग्री वितरण गरिएको छ ।गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइराला र पोखरा महानगर प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा संस्थाका सभापति प्रेम लिगललाई सो सामग्री हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि सांसद कोइरालाले सेवा भनेकै शुद्ध एवं पवित्र सामाजिक कार्य भएको बताए । उनले ज्येष्ठ नागरिकलाई गरिएको सम्मानले आफ्नो र राज्यकोे दायित्व पूरा हुने बताए ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संघीय सरकारको निर्देशन अनुसार तीनदिने प्रजातन्त्र दिवस मनाउने योजना अनुसार आश्रमका ज्येष्ठ नागरिकलाई सेवाभावले सम्मान गरेको बताए ।
सो अवसरमा सांसद कोइराला र मेयर जिसीले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत वृद्धाश्रममा ज्येष्ठ नागरिकका लागि बन्ने भवन शिलान्यास समेत गरे । दुईकोठे भवनको लागत १७ लाख ७० हजार हुनेछ ।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विश्वराज लामिछाने, संचालन महासचिव शोभामोहन पौडेल र धन्यवाद ज्ञापन अध्यक्ष प्रेम लिगलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१