‘नैतिकताका आधारमा राजीनामा’

रासस
फागुन ८, २०७६
gokul-baskota-e1556802041443

काठमाडौँ, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् । उनले ट्वीटमा भनेका छन् । “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।”

Related News

सम्बन्धित समाचार

hero news full width